
व्यवसायी गाेविन्द बरालले काेराेना भाइरस राेकथाममा आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्रीहरु सहयोग गर्नु भएको छ।बरालको गृह जिल्ला कालिकाेटमा रहेको रास्काेट सामुदायिक अस्पताललाई करिव पचास हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको हो ।
मदिरा व्यवसायी संघ काठमान्डाैका जिल्ला अध्यक्ष तथा उद्योग वाणिज्य सघ काठमान्डाै कार्य समिति सदस्य समेत रहेका बरालले नागरिकहरुको स्वास्थ्य सेवामा केही राहत हाेस भन्ने उदेश्यले व्यक्तिगत रुपमा उक्त सामाग्री सहयोग गरेको बताउनु भयो ।
बरालले रास्काेट सामुदायिक अस्पताललाई PPE सेट 20 पिस , gloves 1000 पिस, मास्क सय प्याकेट, डिजिटल BP SET 2 पिस, senitizer 2,senitizer spray 2,handwash 5, हेन्ड स्प्रे सेनिटाइजर १ हजार पिस लगायतका विभिन्न स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गर्नु भएको हो ।
रास्काेट सामुदायिक अस्पताल संचारकर्मी रवि लामिछानेको अग्रसरतामा निर्माण सम्पन भई केही महिना अघि मात्रै संचालनमा आएको थियोे । उक्त अस्पतालका लागि आवश्यक स्वास्थ्य सामग्री लगायका पुर्वाधारहरु सहयोग गरेर कालिकोटका जनताको स्वास्थ्य सेवा याेगदान गर्न व्यवसायी बराल सबैलाई अनुरोध गर्नु भएको छ । कर्णाली प्रदेशको विकट कालिकोट कोरोना महामारीको अति प्रभावित जिल्ला हो भने यस जिल्लामा अक्सिजन लगायतका स्वास्थ्य साम्रगीहरुको अभाव छ ।

