ब्यवसायी रुपनारायण भुजेलकोे दुखद निधन प्रति नेपाल मदिरा ब्यावसायी महासंघले गहिरो दुःख ब्यक्त गरेको छ । महासंघका अध्यक्ष शोनाम शेर्पाले आज शोक विज्ञप्ती जारि गदै स्व. भुजेलको निधन प्रति गहिरो दुःख ब्यक्त गर्नु भएको हो ।
मदिरा ब्यवसायी संघ कास्ककी पोखराका निवर्तमान अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका कार्य समिति सदस्य समेत रहनु भएका भुजेलको दुखद निधनले ब्यवसायीक क्षेत्रमा असल ब्यवसायीक ब्यक्तित्व गुमाएको भन्दै महासंघका अध्यक्ष शेर्पाले यस खवरले आफु र नेपाल मदिरा ब्यवसायी महासंघ मर्माहत भएको उल्लेख गर्नु भएको छ ।

उहाँको निधनले ब्यबसायीक क्षेत्रमा ठुलो क्षति भएको भन्दै महासंघले दुखको यस घडिमा स्व.भुजेलको मृत आत्माको चिरशान्तिको कामना गदै भावपूर्ण श्रद्धान्जलि ब्यक्त गरेको छ । साथै शोक विज्ञप्ती मार्फत शोकाकुल परिवारजनमा गहिरो समबेदना ब्यक्त गरिएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि केहि दिन अधि अस्पतालमा उपचारत भुजेलको शुक्रवार दिउँसो उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।


भावपूर्ण श्रदान्जली तथा समवेदना व्यक्त गर्दछु बैकुण्ठ बॉस होस्
भावपूर्ण श्रदान्जली तथा समवेदना व्यक्त गर्दछु