ब्यावसायीहरुलाई कोरोना खोप उपलब्ध गराउन महासंघको आग्रह

मदिरा ब्यावसायीहरुलाई तत्काल कोरोना विरुद्धको खोपको उपलब्ध गराउन नेपाल मदिरा ब्यावसायी महासंघले सरकारसंग आग्रह गरेको छ । सोमवार आयोजित एक कार्यक्रममा महासंघका अध्यक्ष सोनाम शेर्पाले यस्तो आग्रह गर्नु भएको हो ।

सोमबार आयोजित ब्यावसायीहरुसंगको छलफल पछि अध्यक्ष शेर्पाले आम नागरिकहरुको प्रत्यक्ष सम्पर्कमा रहेर ब्यावसाय सचालन गर्नु पर्ने भएकाले कोरोना विरुद्धको खोप आबश्यक रहेको बताउनु भएको हो ।

स्राेत फायल फाेटो

नेपालमा समग्र राजस्व संकलनमा मदिरा ब्यावसायले मात्र करिब २३ प्रतिशत भन्दा बढि योगदान रहेकाले राज्यले मदिरा ब्यावसायीलाई पहिलो प्राथमीकता दिएर खोपको ब्यबस्थापन गर्नुपर्ने नेपाल मदिरा ब्यावसायी महासघ वागमति प्रदेशका अध्यक्ष मदन गाैतमले बताउनु भयो ।

छलफलमा महासंघ वागमति प्रदेशका सचिव सुधन थापा मगरले कोरोना विरुद्धको अभियानमा सबै सरोकारवालले तत्काल सचेतनाका कार्यक्रम गर्नु पर्ने वताउनु भयो ।

काठमान्डौ उपत्यका लगायत देशका १४ जिल्लाहरुमा कोरोनाको संक्रमन तिबृ गतिमा बढिरहेकाले ब्यावसायीक क्षेत्र थप प्रभावित भएको बताउदै तत्काल ब्यावसायीका लागि विषेश ब्याकेजका रुपमा खोपको ब्यबस्थापन गर्नु पर्ने मदिरा ब्यावसायी संघ काठमान्डौका अध्यक्ष गोविन्द प्रसाद बरालले बताउनु भयो ।

ब्यावसायीका हक, हित र अधिकारका लागि विभिन्न काम गदै आएको मदिरा ब्यावसायी महासंघले कोरोना रोगथामका लागि विभिन्न सचेतनामुलक कार्यक्रम गदै आएको छ भने आफ्ना ब्यावसायीहरुको लागि कोरोना विमा समेत गरेको छ ।नेपाल मदिरा ब्यावसायी महासंघमा करिब एक लाख भन्दा बढि ब्यावसायीहरु आबद्ध रहेका छन ।

Share This On:

Leave a Reply