निर्वादरुपमा ब्यावसाय संचालका लागि आवश्यक पहल गरिदिन ब्यावसायीहरुले स्थानीय प्रशासनसंग माग गरेका छन । स्थानीय सरकारले कोरोना संक्रमन वढ्दै गएको भन्दै रात्रिकालिन ब्यावसाय बेलुकी ८ वजे भित्र वन्द गर्नुपर्ने भन्दै मदिरा ब्यावसाय पनि राती ८ वजे सम्म मात्र संचालन गर्ने भएपछि ब्यावसायीहरु आन्दोलित भएका हुन ।

बुधवार मदिरा ब्यावसायी संघ काठमान्डौको नेतृत्वमा गएको ब्यावसायीहरुसंगको छलफलमा प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलिले ब्यावसायीहरुको मागहरुलाई सम्वोधन गर्न डिसिएमसिको बैठकमा छलफल गरि आवश्यक निर्णय गरिने वताउनु भएको छ ।
मंगलवार कोरोना संक्रमन रोगथाम तथा नियन्त्रण सम्वन्धी निर्देशिका जारि गदै जिल्ला प्रशासन कार्यालय काठमान्डौले रात्रिकालिन ब्यावसायहरु होटेल, रेष्टुरेण्ट, पाटि प्यालेस लगायतका भिडभाड हुने विभिन्न ब्यबसायहरु बेलुकी ८ वजे देखि वन्द गर्नुपर्ने र मदिरा ब्यावसायलाई पनि रात्रिकालिन ब्यावसाय भन्दै बन्द गराएपछि मदिरा ब्यावसायीहरुले यस्तो निर्णय फिर्ता गर्न स्थानिय प्रशासनसंग आग्रह गरेका हुन ।
कोरोनाका कारण सुस्त वन्दै गएको ब्यावसायीक क्षेत्र केहि महिना देखि सुचारु हुन लाग्दा फेरि पनि ब्यावसायलाई अनावश्यक विषयलाई जोडेर पसलहरु बन्द गराउन खोज्नु दुखद भएको मदिरा ब्यावसायीहरुको गुनासो छ । यसै विषयमा छलफल गर्न जिल्ला प्रशासन कार्यालय काठमान्डौ पुगेका ब्यावसायीहरुले तत्काल मदिरा ब्यावसाय अन्य अत्याबश्यक ब्यावसाय सरह निर्वाद रुपमा संचालका लागि आवश्यक पहल गरिदिन प्रमुख जिल्ला अधिकारीसंग माग गरेका थिए ।
लामो समयको लगडाउनले प्रभावित भएको ब्यावसायीक क्षेत्रलाई केहि समय देखि सुचारु हुन थालेको थियो । पछिल्ला केहि दिनहरुमा बढेको कोरोना संक्रमनलाई नियन्त्रण गर्न र यस विषयमा सबै सचेत रहनुपर्ने भएपनि विभिन्न बाहानामा ब्यावसाय संचालनमा अनाबश्यक प्रतिवन्ध लगाउनु दुखद भएको मदिरा ब्यावासयी संघ काठमान्डौका अध्यक्ष गोविन्द प्रसाद बराले वताउनु भयो । हामी सरकारका हरेक निर्देशन मानेरै ब्यावसाय संचालन गरिरहेका छौ । मदिरा ब्यावसाय रात्रिकालिन ब्यावसायमा परिभाषा गरि ब्यावसाय गर्नमा रोक्न खोज्नु राम्रो होइन । हामीले राज्यलाई सहयोग गदै आएका छौ राज्यले हामीलाई निर्वातरुपमा ब्यावसाय संचालन गर्न दिनु पर्छ अध्यक्ष बरालको भनाई छ ।
ब्याबसायसंग सम्वन्धीत विषयमा निर्णय गर्दा सरोकारवालको समेत सहभागिता हुनुपर्ने माग समेत मदिरा ब्यावसायीहरुले गरेका छन । यस विषयमा प्रमुख जिल्ला अधिकारी सकारात्मक भएको संघका सचिव शुशिल खड्काले बताउनु भयो ।

