नेपाल मदिरा ब्यावसायी महासंघ प्रदेश नं. १ को प्रादेशिक भेला हाल लाई स्थगित गरिएको छ । कोरोना महामारीको संक्रमन बढेपछि सरकारले विभिन्न जिल्लाहरुमा निशेधआज्ञा जारि भएसंगै महासंघका कार्यक्रमहरु स्थगित भएका हुन । महासंघले बैशाख १७ र १८ विराटनगरमा हुने भनिएको मदिरा ब्यवसायीहरुको भेला अर्को सुचना जारि नभए सम्मका लागि स्थगित गरेको छ ।
नेपाल मदिरा ब्यवसायी महासंघ केन्द्रिय कार्यालय र प्रदेश समितिले आयोजना गर्ने उक्त प्रदेशिक भेलामा मदिरा ब्यबसायीहरुको हक, हित र ब्यावसायीक सुरक्षाका लागि समिक्षा र ब्यवसायीक योजनाहरुमा छलफल हुने गर्दछ । यस वर्ष कोरोना महामारीको संक्रमन बढ्दै गएपछि भेला स्थगित गर्नु परेको नेपाल मदिरा ब्यावसायी महासंघका अध्यक्ष शोनाम शेर्पाले जानकारी दिनु भयो । संक्रमन रोकिएमा उक्त प्रादेशिक भेलाको आयोजना हुने महासंघले जनाएको छ ।

