सरकारले लकडाउनका बेला कर तिर्न ताकेता गरेको भन्दै उद्योगी–व्यवसायीहरुले असन्तुष्टि जनाएका छन । नेपाल मदिरा ब्यवसायी महासंघले कर दाखिला गर्न आन्तरिक राजस्व विभागले जारि गरेको पछिल्लो सुचना प्रति असन्तुष्टि जनाएको छ । लगडाउनका कारण ब्यापार, ब्यावसाय धरासयी भएकाले तत्काल कर तिर्न नसकिने महासंघले जनाएको हो । सरकार आफैंले निषेधाज्ञा जारि गरि सबै क्षेत्र वन्द गरेर कर तिर्न आउनु नत्र ब्याज, हर्जना लगाउँछु भन्नु न्यायोचित र ब्यवहारिक नभएको उद्योगी–व्यवसायीहरुको भनाई छ ।

महासंघले एक विज्ञप्ती जारि गरि सरकारले तोकेको समय भित्र तत्काल कर वुझाउन नसकिने जनाएको छ । महामारीले सबै भन्दा वढि असर व्यवसायीक क्षेत्रमा परेको भन्दै महासंघले ब्यवसायीक क्षेत्रमा कार्यरत कामदारहरु कतिपय घर फर्केका र कयौ संक्रमित भएर उपचारत भैरहेको जनाएको छ । आवतजावत वन्द हुदाँ कयौ दिन देखि ब्यापारको हिसावकिताव गर्न नसकिएकाले तत्काल कर वुझाउने सम्भावना नरहेको महासंघको भनाई छ ।
यस्तो असहज अवस्थामा ब्यवसायीहरु पसल वन्द गरेर घर फर्किे सकेकाले बैशाख २५ गते भित्र कर विवरण पेश गर्न र कर वुझाउन सकिने अवस्था नरहेको भन्दै महासंघले अब्यवहारिक रुपमा सुचना जारि गरि कर तिर्न गरेको निर्देशन प्रति गम्भिर ध्यानार्कषण भएको जनाएको छ । यस्तो असहज अवस्थामा कर तिर्न गरिएको निर्देशन अब्यवहारिक छ । सरकारले तोकेको यो समय भित्र कुनैपनि हालतमा कर विवरण पेश गर्न र कर दाखिला गर्न सकिदैन विज्ञप्तीमा भनिएको छ ।
यसै गरि विज्ञप्ती मार्फत महासंघले ब्यवसायीहरुका समस्या नवुझेर कर तिर्न निर्देशन गरेर सरकारले अभिभावकिय जिम्मेवारीवाट टाढा भएको समेत ब्यावसायीहरुले आरोप लगाएका छन । महासंघका अध्यक्ष शोनाम शेर्पाद्धारा जारि विज्ञप्तीमा भनिएको छ सरकारका सबै निकायलाई जिम्मेवार भएर व्यवसायीका समस्या र पिडामा अभिभावकीय जिम्मेवारी पुरा गर्न आग्रह गर्दछौ । अवस्था सहज भएर ब्यावसाय संचालनमा भएपछिको हप्ता दश दिनमा पनि कर विवरण पेश गर्न र कर दाखिला गर्न सकिने जनाईएको छ । यो बाध्यकारी निर्देशन तत्काल सच्याउन र ब्यावसायीहरुका सवालहरुमा अझ संवेदनशिल हुन पनि महासघले सरकार संग आग्रह गरेको छ ।

लगडाउनको समयमा मदिरा ब्यावसाय संचालनका लागि सरकारी निकायबाट विभेद भरिएकोमा पनि ब्यवसायीले गुनासो गरेका छन । निषेधाज्ञा पछि सबै मदिरा पसल बन्द भएपनि केहि सुपर स्टोरहरुले मदिरा विक्रि वितरण गर्दा पनि सरकार मौन वसेर ब्यावसायीहरु माथी विभेदपूर्ण ब्यबहार गरिएकोमा भर्सना गदै सबै ब्यावसायी लाई समान रुपमा ब्यापार संचालनका लागि आवश्यक पहल गर्न समेत सरकारसंग आग्रह गरिएको छ ।
कोरोना महामारीको गम्भिर संकटमा सचेतना अपनाउन र सुरक्षित रुपमा दैनिक कार्य गर्न नेपाल मदिरा ब्यावसायी महासंघ सबै ब्यावसायीहरु र आम नागरिकहरुमा आग्रह गदै, संक्रमित सबैको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।

