कोरोना संक्रमितहरु अस्पताल सम्म जान सवारी साधन नपाएको गुनासो आएसंगै मदिरा व्यवसायी संघ पाल्पाका अध्यक्ष यादवसिंह कार्कीले निजी गाडीमा विरामीहरुलाई अस्पताल सम्म पुर्याउन थाल्नु भएको छ । पाल्पामा कोरोना विरामी वढेसंगै एम्बुलेन्स लगायतका साधनहरुको अभाव भएपछि कार्कीले आफ्नै गाडीमा संक्रमित बिरामीहरुलाई सेवा दिँदै आउनु भएको हो ।

उहाँले फेसबुक मार्फत कोरोना पोजेटिभ देखिएकाहरु अस्पतालमा जानका लागि एम्बुलेन्स र गाडी पाउनु भएन भने निः शुल्क सेवाका लागि सम्पर्क गर्न आग्रह गर्न भन्नु भएको छ । कोरोना संकट नियन्त्रणमा नआए सम्म यस कार्यलाइ निरन्तरता दिँदै गरिव, विपन्न तथा अप्ठ्यारोमा परेका विरामीहरु लाइ सेवा दिइने उहाँको भनाई छ ।

ब्यापार व्यावसाय संगै विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल कार्कीले कोही पनि बिरामी अस्पताल सम्म जान नपाएर स्वास्थ्य सेवाबाट बन्चित हुन नपरोस् भनेर संक्रमण रोगको प्रवाह नगरी यस कार्यमा लागेको वताउनु भयो । शुक्रवार विहान सम्म उहाँले ७ जना संक्रमित बिरामीलाई वुटवल, पाल्पा लगायतका विभिन्न अस्पतालहरुमा पुर्याउने काम गर्नुभएको उहाँले वताउनु भयो ।
यस अघि आफु पनि संक्रमित भएका कार्किलाई नेपाल मदिरा व्यवसायी महासंघले कोरोना विमा बाफतको एक लाख रकम समेत प्रदान गरि सकेको छ । महासंघले सबै जिल्ला संघ र केन्द्रिय पदाधिकारीहरुको एक लाख रकम वरावरको कोरोना विमा गरिएकोमा सल्लाहकार र जिल्ला अध्यक्ष गरि ६ जना कोरोना संक्रमित भएकाहरुलाइ रकम वितरण गरिसकेको छ भने केहि संक्रमितको रकम निकासा हुने प्रकृयामा रहेको महासंघका अध्यक्ष सोनाम शेर्पाले वताउनु भयो ।
कार्कीले सुरु गरेको यस सामाजिक कार्यले अरु लाई पनि यस्ता मानवीय सेवामा लाग्न प्रेरित गरेको छ । उहाँ पाल्पा उद्योग वाणिज्य संघको उपाध्यक्ष हुनुहुन्छ भने लायन्स कल्व लगायतका विभिन्न सामाजिक तथा व्यवसायीक संघ संस्थामा आवद्ध हुनुहुन्छ ।

