लामो समय लगडाउन हुदाँ ब्यावसायीक क्षेत्र अस्तब्यस्त भएको भन्दै मदिरा ब्यबसायी संघ काठमान्डौले तत्काल ब्यावसाय संचालनका लागि आवश्यक पहल गर्न विभिन्न ब्यावसायीक निकायहरुसंग आग्रह गरेको छ । संघका जिल्ला अध्यक्ष गोविन्द प्रसाद बरालले आईतवार सामाजिक संजाल मार्फत यस्तो आग्रह गर्नु भएको हो ।
कोरोना संक्रमनले महामारीकोरुप लिएपछि सरकारले गरेको लगडाउनको पूर्णपालना गरि महामारी नियन्त्रणमा ब्यावसायीले महत्वपूर्ण योगदान गरेको भएपनि सरकारले ब्यावसायीलाई सहयोग नगरेकोमा ब्यबसायीहरु असन्तुष्टि ब्यक्त गदै आएका छन । कोरोना महामारीले गर्दा ब्यावसाय वन्द हुदाँ सरकारलाई कर तिर्न र विवरण पेश गर्न नसकिने भन्दै यस्तो निर्णय सच्याउन विभिन्न ब्यावसायीक संघ सस्थाहरुले यस अधि आग्रह गरेको भएपनि सरकारले यस विषयमा कुनै निर्णय नगर्दा ब्यवसायी आक्रोशित भएका हुन ।

ब्यावसाय संचालनका लागि निश्चित मापदण्ड वनाएर कार्यन्वयन गर्नुपर्ने उनीहरुको माग छ । यस्तो विसम अवस्थालाई ध्यान दिएर ब्यावसायीले गरेको सामान्य माग समेत राज्यले सम्वोधन नगरेकाले ब्यावसायीक क्षेत्र जोगाउन पनि तत्काल समय ब्यबस्थापन गरेर भएपनि ब्यावसाय संचालन गर्नु पर्ने भनाई अध्यक्ष बरालको छ ।
लामो वन्दले ब्यावसाय धरासयी भएपनि अभिभावकीय जिम्मेवारी पुरा गर्ने राज्य नै छैन । एकातिर वन्दले ब्यापारिक क्षति भैरहेको छ अर्को तर्फ निरन्तर कर तिर्नु पर्ने, घर भाडा, बैंक ब्याज तिर्नु पर्ने भएपछि ब्यावसाय वन्द गरिरहनुले ब्यावसायीक क्षेत्र थप जोखिमुर्ण हुने तर्क उहाँको छ । राज्यको निर्देशनको पूर्ण पालना नागरिकहरुले गरेपछि आम नागरिकका सवालहरुलाई पनि राज्यले वुझिदिनु पर्ने माग ब्यावसायीको छ । राज्यले ब्यवसायीका सामान्य समस्याहरुलाई समधान गर्न पहल नगरि दमन मात्र गरिरहेको आरोप उनीहरुको छ ।
गतवर्षको लगडाउनले करोडौ क्षति भएको र धेरै समयपछि मात्र ब्यावसाय संचालनमा आएको भन्दै अध्यक्ष वरालले समयमै सरकारले निर्देशित गरेको स्वास्थ्य मापदण्डको पुर्ण पालना गरि ब्यावसाय संचालनका लागि सरोकारवाला निकायहरुले पहल गर्नु पर्ने भनाइ छ । सरकारी सहायता तथा सहयोग विना ब्यवसाय वन्द गर्न नसकिने उनीहरुको माग छ ।
सरकारले कर वुझाउन केहि समय दिनुप¥यो भनेर समय माग्दा त बेवास्ता गरेको छ । ब्यावसायीक क्षेत्रमा सहयोग र सौलियत कहिकतैवाट छैन । हामीले आशा गर्ने सरकारले निर्दयी ब्यवहार गरेको उनीहरुको आरोप छ ।

