ब्यावसायीक विकासमा राज्य जिम्मेवार वन्नु पर्दछ — महासचिव ढुंगाना

नेपाल मदिरा ब्यावसायी महासंघका महासचिव श्री तारानाथ ढुंगाना ब्यावसायीहरुका हक, हित र अधिकारका लागि निरन्तर सक्रिय हुनुहुन्छ । पोखरामा ब्यवसायीक कार्यक्षेत्र वनाउनु भएका ढुंगाना विभिन्न ब्यावसायीक संघ संगठन तथा सामाजिक संस्थाहरुमा समेत आवद्ध हुनुहुन्छ । कोरोना महामारीको पछिल्लो अवस्था र व्यवसायिक गतिविधी बारे उहाँस‌ग गरिएको संक्षिप्त कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौ ।

नेपाल मदिरा ब्यावसायी महासंघका महासचिव श्री तारानाथ ढुंगाना

 यहाँलाई हार्दिक स्वागत छ । आजभोली यहाँको दिनचर्या कसरी वितिरहेको छ ?
धन्यवाद । कोरोना महामारीका कारण जनजीवन निकै प्रभावित छ । यसको सबै भन्दा वढि प्रभाव ब्यवसायीक क्षेत्रमा छ । ब्यापार ब्यवसाय वन्द भएपछि हामीहरु स्वास्थ्य मापदण्डको पालना गदै महामारी नियन्त्रणका लागि सचेतना र सहयोगका विभिन्न कामहरुमा ब्यस्त छौ ।

 कोरोना महामारीले गर्दा यहाँको गृह क्षेत्रको अवस्था कस्तो छ ?
देशका मुख्य अन्य शहरहरु जस्तै पोखरामा पनि कोरोना महामारीको प्रभाव निकै बढ्दो छ । देशभर लगडाउनले गर्दा वन्द अवस्थामा रहेको ब्यवसायीक क्षेत्र यस जिल्लामा पनि ठप्प छ । मानवीय संन्त्रस कायमै छ । अक्सिजन, अस्पतालमा वेडहरु लगायतका स्वास्थ्य पूर्वाधारको प्रयाप्त ब्यवस्था नहुँदा मानिसहरुको ज्यान जोखिमपूर्ण छ । अस्पतालहरुमा विरामीहरुको चापले गर्दा उपचार समेत प्रभावित छ । यस विषयमा आम नागरिकहरुका गुनासोहरु आईरहेका छन ।

 कोरोना संकट कसरी समधान गर्न सकिन्छ ?
लगडाउन नै महामारी निन्त्ररणको एउटा प्रभावकारी उपाय हो तर यो दिगो समधान भने होइन । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नु आवश्यक छ । यस महामारीको दिगो समधानका लागि प्रभावकारी रुपमा खोपको ब्यबस्थापन तथा संचालन गर्नु नै हो । आम नागरिकहरुको उपचारको सहज ब्यवस्थापन नै अहिलेको आवश्यकता हो । यसका साथै दिगो उपचारका लागि सबै सरोकारवालाको ध्यान जानु जरुरी छ । यस महामारीले गर्दा रोगका अलावा भोकमरीको पनि समस्या देखिन सक्छ । महामारी न्युनिकण गरि जनजीवन सहज वनाउन प्रभावकारी र दिगो उपायका लागि समयमै खोपको ब्यवस्थापन गरिनु पर्दछ ।

 कोरोना संकट ब्यवस्थापनमा जिल्लामा सरकारी स्रोत साधनको परिचालनको अवस्था कस्तो छ ?
कोरोना महामारी न्यूनिकरणका लागि यस जिल्लामा अझै पनि प्रयाप्त स्वास्थ्य स्रोत साधनको ब्यबस्थापन भएको छैन । परिक्षण किटहरु, बेडहरु, अक्सिजन, आइसियु तथा भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्रीहरुको सहज पहुँच छैन । सरोकारवाला निकायहरुको दिर्घकालिन योजना नहुदाँ यो जटिल अवस्था आएको छ । हामीले यस्तो संकट गत वर्ष देखि भोग्दै आएका छौ । १ वर्षको विचमा पूर्ण रुपमा तयारी गरि आम नागरिकहरुको जिवन रक्षाका लागि स्वास्थ्य सेवा सहज वनाउनु पर्ने तर न्यून तयारीका कारण सयौले ज्यान गुमाउन बाध्य भएका छन ।

 कोरोना महामारीले गर्दा यस जिल्लाको ब्यावसायीक क्षेत्रमा परेको प्रभावलाई यहाले कसरी हेर्नु भएको छ ?
कोरोना महामारीका कारण सबै क्षेत्र पूर्ण रुपमा वन्द छ । अझ मदिरा ब्यावसाय त पूर्णरुपमा ठप्प नै छ । यस महामारीमा नागरिकको जीवन रक्षाका लागि राज्यले अपनाएका सबै निति तथा योजनाहरु कार्यन्वयन गर्नु सबै नागरिहरुको दायित्व र जिम्मेवारी नै हो तर यस्तो वेला राज्य पनि नागरिक सेवाका लागि निक्कै जिम्मेवार वन्नु पर्ने हो तर हामीले त्यस्तो महशुस गर्न पाएका छैनौ । यस्तो संकटमा पनि तुरुन्तै कर तिर्न सरकार ब्यावसायीलाई बाध्य वनाउँछ । यस्तो समयमा ब्यावसायि विकासका लागि राज्यले विभिन्न योजना ल्याउनु पर्ने हो । यस विषयमा हाम्रो गम्भिर ध्यानाकर्षन भएको छ । पछिल्लो पटक कर तिर्ने विषयमा सर्बोच्च अदालतको आदेशले ब्यवसायीलाई केहि राहत महशुस भएको छ । आगामी वजेटमा ब्यावसायीका सवालहरुमा राज्यले जिम्मेवार भएर योजना ल्याउनु पर्दछ भने हाम्रो आशा छ ।

 अहिलेको अवस्थामा प्रभावित भएको ब्यावसायी क्षेत्रलाई कसरी सुधार गर्न सकिन्छ र राज्यको जिम्मेवारी के हुन सक्छ ?
हामीले अगाडि कुरा गरिसक्यौ । ठप्प भएको ब्यावसायलाई गतिशिल वनाउन राज्यले दिगो ब्यावसायीक विकासका लागि विभिन्न प्याकेजहरु ल्याउनु जरुरी छ । घरभाडा, बैंक ब्याज, म्याद गुर्जेका सामानहरु यि सबै समस्याहरुको समधानका लागि राज्यले कर छुट, सौलियतपूर्ण ऋिण, क्षतिपुर्ति लगायतका आर्थिक योजनाहरु ल्याउनु पर्दछ ।

 अन्तमा यहाँको केहि भनाई छ की ?
कुराकानीका लागि फेरि पनि धन्यवाद छ । यस्तो महामारीको संकट चलिरहेको छ । हामी सबै आफु सुरक्षित भएर सक्दो मानवीय सेवा गरौ । स्वास्थ्य मापदण्डको पूर्ण पालना गरि महामारी न्यूनिकरणमा योगदान गरौ ।

Share This On:

Leave a Reply