सरकारले मदिरा ब्यवसायमा लगाएको अन्त:शुल्क प्रति महासंघको असन्तुष्टि

सरकारले वियर, ह्विस्की, वाइन लगायतका मदिराजन्य वस्तुमा अन्तःशुल्क वढाएकोमा नेपाल मदिरा ब्यवसायी महासंघले असन्तुष्टि जनाएको छ । शनिवार प्रस्तुत भएको आर्थिक वर्ष २०७८/०८९ को बजेटमा मदिराजन्य ब्यवसायमा सरकारले निर्धारण गरेको अन्तःशुल्क अस्वभाविक भएको भन्दै महासंघले असन्तुष्टि जनाएको हो ।

महासंघका अध्यक्ष साेनाम शेर्पा

महासंघका अध्यक्ष साेनाम शेर्पाले सरकारले अन्तःशुल्क अस्वभाविक रुपमा बढाएर नेपालको मदिरा विश्वकैै महँगो बनाएको वताउनु भयो । उहाँले भन्नु भयो ‍कोरोना महामारीले धरासयी भएको ब्यवसायलाई गतिशिल वनाउन ब्यवसायमुखि आर्थिक योजना आउने अपिक्षा गरेका थियौ तर सरकारले बजेट मार्फत अत्याधिक अन्तःशुल्क बढाएर स्वदेशी मदिरा ब्यवसाय धरासायी बनाउन खोज्यो,’ उहाले भन्नु भयो, ‘अब विदेशी मदिरा अवैध रुपमा आएर बिक्री हुनेछ । नेपाली मदिरा उद्योग थप धरासयी हुनेछ ।’

महासंघका अध्यक्ष शेर्पाले सरकारले मदिरा उद्योगमा लगाएको अस्वभाविक करले नेपालमा मदिरा ब्यावसाय संचालन गर्न नसकिने भन्दै तत्काल यस निर्णयलाई सुधार गर्नु पर्ने वताउनु भयो । भारत लगायतका देशमा उत्पादित मदिरा हाम्रो भन्दा आधा मुल्य सस्तो आउने भएकाले मदिराको अबैध कारोवार वढ्न सक्ने भएकाले यस तर्फ सबै सरोकारवाला सचेत हुनुपर्ने वताउनु भयो । वजेटका सम्वन्धमा महासंघले केहि दिनमा आधिकारीक धारणा वनाउने अध्यक्ष शेर्पाको भनाई छ ।

Share This On:

Leave a Reply