मदिरा ब्यावसाय निर्वादरुपमा संचालन गर्नुपर्ने माग गदै महासंघले बुझायो प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

नेपाल ब्यावसायी महासंघले कोरोना संक्रमणमा कमी आएसंगै क्रमशः विभिन्न ब्यवसायीक क्षेत्रहरु संचालन गर्न सहज बनाउन सरकारले पछिल्लो पटक गरेकाे निर्णयमा असन्तुष्टि जनाएको छ । ब्यावसाय सञ्चालनको सुचीमा मदिरा ब्यावसाय समावेश नगरिएकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । मंगलवार जिल्ला प्रशासन कार्यालय, काठमान्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलिलाई ज्ञापन पत्र वुझाउदै ध्यानार्कषण भएको जनाएको हो ।

ज्ञापनपत्र बुझाउदै महास‌घका अध्यक्ष शाेनाम शेर्पा, मदिरा स‌घ काठमान्डाैका अध्यक्ष गाेविन्द बराल

महासंघले उक्त ज्ञापनपत्र मार्फत राज्यलाई ब्यवसायीक क्षेत्रमा उल्लेख्य मात्रामा कर तिर्ने मदिरा ब्यवसायीहरुलाई राज्यका विभिन्न निकायहरुबाट उपेक्षित गरिनु निकै दुखद भएको वताउदै कोरोना महामारीको चरम संकटका समयमा पनि विभिन्न देशहरुमा मदिरा पसलहरुलाई अत्यावश्यक सेवाका रुपमा निश्चित मापदण्ड तोकि संचालनका लागि अनुमति दिएको भएपनि नेपालमा भने पूर्णरुपमा वन्देज लगाइएकोमा असन्तुष्टि जनाएको छ ।

कोरोना महामारीको चरम संकट क्रमशः सहज हुदाँ राज्यले ब्यावसायीक क्षेत्रलाई सहजता प्रदान गर्नेक्रममा मदिरा ब्यवसायलाई पनि प्राथमिकतामा राख्नुपर्ने भन्दै आर्थिक वर्ष सकिन लाग्दा यस क्षेत्रले राज्यलाई कर विवरण पेश गर्नुपर्ने, विभिन्न साझेदार कम्पनीहरुसंगको हिसाव मिलान गर्नुपर्ने लगायतका कारण पनि तत्काल ब्यावसाय संचालन गर्नुपर्ने महासंघको भनाई छ ।

लामो समय देखि ब्यवसाय बन्द हुदाँ अन्य ब्यावसायको जस्तै बैंकको ब्याज, घरभाडा लगायतको खर्च बढ्दा ब्यवसाय धरासयी हुने अवस्थामा पुगेको र यस क्षेत्रमा कार्यरत लाखौ कामदारहरु, तिनका परिवारहरुमा समेत आर्थिक संकट उत्पन्न भएको ब्यावसायीहरुको गुनासो छ ।

लामो समय मदिरा पसल बन्द हुदा मदिराको अबैध कारोवार हुदाँ राजस्वमा समेत क्षति पुगेको, घरेलु मदिराको कारोवार बढ्दा खाद्यान्नको समेत दुरुपयोग वढेको, गुनस्तरहिन घरेलु मदिराले जनस्वास्थमा समेत गम्भिर असर पुगेको भन्दै महासंघले मदिरा ब्यवसाय संचालन गर्दा राज्य र ब्यवसायी दुबैलाई फाईदा हुने हुदाँ तत्काल अन्य ब्यवसायहरु जस्तै मदिरा ब्यवसाय संचालन गर्न पाउनुपर्ने माग गरेको छ ।

काठमान्डाै जिल्ला प्रशासन कार्यालमा महास‌घले बुझाएको ज्ञापनपत्र

राज्यबाट निर्देशित स्वास्थ्य मापदण्डको पूर्ण पालना गरि अरु ब्यवसायहरु जस्तै मदिरा ब्यावसाय संचालनका लागि आबश्यक ब्यवस्थापन गरिदिन प्रमुख जिल्ला अधिकारी पराजुलीसंग माग गरेको छ । ज्ञापनपत्र बुझाउन महासंघका अध्यक्ष सोनाम शेर्पा, मदिरा संघ काठमान्डौका अध्यक्ष गोविन्द वराल लगायतको टोली जिल्ला प्रशासन कार्यालय काठमान्डौ पुगेको थियो । छलफलपछि प्रमुख जिल्ला अधिकारी पराजुलीले विभिन्न सरकारी निकायहरुसंग समन्वय गरि चाडै मदिरा ब्यावसाय संचालनका लागि आवश्यक पहल गर्ने वताउनु भएको छ ।

Share This On:

Leave a Reply