नेपाल मदिरा ब्यावसायी महासंघले लामो समय देखि ब्यवसाय बन्द हुदाँ अन्य ब्यावसायको जस्तै बैंकको ब्याज, घरभाडा लगायतको खर्च बढ्दा ब्यवसाय धरासयी हुने अवस्थामा पुगेकोले सरकारले अन्य ब्यावसायलाई जस्तै मदिरा ब्यावसायीलाई पनि मौद्रिक निति मार्फत राहत तथा सौलियतको ब्यवस्था गर्नुपर्ने माग गरेको छ ।

महासंघका अध्यक्ष सोनाम शेर्पाले कोरोना महामारीका कारण अन्य ब्यावसायहरुमा जस्तै मदिरा ब्यावसायमा पनि निकै चुनौति तथा समस्याहरु भएकाले मदिरा लगायतका कोरोना महामारीवाट प्रभावित भएका ब्यावसायहरुका लागि सरकारले राहत तथा सौलियतका विभिन्न कार्यक्रमहरु ल्याउनुपर्ने वताउनु भएको छ । लामो समय सम्म ब्यावसाय संचालन नहुदाँ बैकको ब्याज, घरभाडा लगायतका प्रशासनिक खर्च वढ्दा ब्यावसाय सिथिल हुदै गएकाले ब्यावसायीक गतिशिलताका लागि सरकारले ध्यान दिनुपर्ने उहाँको भनाई छ ।
राज्यलाई ब्यावसायीक क्षेत्रबाट उल्लेख्य मात्रामा कर तिर्ने मदिरा ब्यावसायका लागि सरकारले विषेश प्याकेज ल्याउनु सरकारको दायित्व भएको मदिरा ब्यावसायी महासंघका उपाध्यक्ष विष्णु कुमार श्रेष्ठले वताउनु भयो ।
राज्यलाई ब्यावसायीक क्षेत्रबाट संकलन हुने कुल राजस्वको करिव २५ प्रतिशत योगदान मदिरा ब्यावसायीले मात्र गर्दै आएकाले यस्तो महामारीको संकटवाट उत्पन्न जटिलतामा राज्यले मदिरा ब्यावसायीलाई सहयोग गर्नु पर्ने मदिरा ब्यावसायीहरुको माग छ । मदिरा ब्यावसाय प्रभावित हुदाँ यस क्षेत्रमा कार्यरत लाखौ कामदारहरुको रोजगारी समेत प्रभावित हुनेहुदाँ ब्यावसाय सञ्चालनका लागि बैकं ब्याज दरमा छुट तथा ब्यावसायीका लागि साैलियत ऋिण दिनुपर्ने माग उनीहरुको छ ।

