नेपाल मदिरा ब्यावसायी महासंघको केन्द्रिय साधारण सभा आगामी मंसिर २४ र २५ गते काठमान्डौमा सम्पन्न हुने भएको छ । साधारण सभाका लागि आवश्यक तयारीकालागि विभिन्न समितिहरु समेत गठन गरि काम सुरु गरिएको महासंघका अध्यक्ष सोनाम शेर्पाले जानकारी दिनु भयो ।

असोज ४ गते वसेको केन्द्रिय कार्य समितिको बैठकले महासंघको वार्षिक साधारण सभा सम्पन्न गर्ने निर्णय गरेको हो । उक्त बैठकले साधारण सभा तथा अधिबेशन हुन वाँकि रहेका जिल्लाहरुलाई साधारण सभा सम्पन्न गर्न असोज १५ गते सम्म समय सिमा तोकेको छ । सम्वन्धीत प्रदेश प्रमुखहरुले जिल्ला अधिबेशन सम्पन्न गरि केन्द्रिय समितिलाई जानकारी गर्न निर्देशन दिएको महासंघका महासचिव तारानाथ ढुंगानाले वताउनु भयो । कोरोना महामारीका कारण संस्थागत कामहरु अवरोध भएतापनि अव विस्तारै सबै कार्ययोजनाहरु कार्यन्वयन गरिने उहाँले वताउनु भयो ।
लाहरुमा निशेधआज्ञा जारि भएसंगै महासंघका कार्यक्रमहरु स्थगित भएका हुन । महासंघले बैशाख १७ र १८ विराटनगरमा हुने भनिएको मदिरा ब्यवसायीहरुको भेला अर्को सुचना जारि नभए सम्मका लागि स्थगित गरेको छ ।
नेपाल मदिरा ब्यवसायी महासंघ केन्द्रिय कार्यालय र प्रदेश समितिले आयोजना गर्ने उक्त प्रदेशिक भेलामा मदिरा ब्यबसायीहरुको हक, हित र ब्यावसायीक सुरक्षाका लागि समिक्षा र ब्यवसायीक योजनाहरुमा छलफल हुने गर्दछ । यस वर्ष कोरोना महामारीको संक्रमन बढ्दै गएपछि भेला स्थगित गर्नु परेको नेपाल मदिरा ब्यावसायी महासंघका अध्यक्ष शोनाम शेर्पाले जानकारी दिनु भयो । संक्रमन रोकिएमा उक्त प्रादेशिक भेलाको आयोजना हुने महासंघले जनाएको छ ।

