शनीवार सम्पन्न भएको रुपन्देही मदिरा ब्यवसायी संघको अधिवेशनले कृष्ण गौतमको अध्यक्षतामा १५ जनाको नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा हिमाल भुसाल, द्धितिय उपाध्यक्ष बावुराम ज्ञावाली, महासचिव किशोर पन्थी, सचिव मुकुन्द पोख्ररेल, कोषाध्यक्षमा हिरा के.सि. निविरोध निर्वाचित हुनुभएको हो ।
अन्तःशुल्क वृद्धि गर्दा विदेशी मदिराको आयात बढ्यो : मदिरा व्यवसायी
सरकारले मदिरामा अन्तःशुल्क वृद्धि गर्दा विदेशबाट मदिरा आयात बढेको व्यवसायीले गुनासो गरेका छन् । अन्तःशुल्कमा हुने वृद्धिले नेपालमा महँगो भई विदेशी मदिराको आयात बढेको व्यवसायीले बताए । मदिरा व्यवसायी सङ्घ रुपन्देहीको सातौँ अधिवेशनमा व्यवसायीहरुले अन्तःशुल्क बृद्धि गर्दा व्यवसाय धरासयी हुने अवस्थामा पुगेको वताए ।

कार्यक्रमका प्रमुख अतिथि एबं नेपाल मदिरा महासङ्घका केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले मदिरा व्यवसायीलाई सरकारले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै सबै व्यवसायीहरुलाई समान ब्यबहार गर्नु पर्ने वताउनु भयो । राज्यलाई कुल राजस्वको २५ प्रतिशत हाराहारी कर तिर्ने मदिरा व्यवसायलाई सरकारले कुनै सुविधा नदिएको उहाँको गुनासो छ । मदिरा व्यवसायीहरु सधै सरकारसंग सहकार्य गरेर व्यवसायीहरुका समस्याहरु समधान गर्न प्रयास गरिरहेको भएपनि सरकारी निकायको उदासिनताले व्यावसायीहरुले जटिलता ब्यहोनु परेको अध्यक्ष शेर्पाको भनाई छ ।

कार्यक्रममा अध्यक्ष शेर्पाले आगामी दिनमा मदिरा ब्यावसायीहरुको अधिकारका लागि अनलाइन मिडियालाइ प्रभावकारी संचालन गरिने, अनलाइन स्टुडियो निर्माण गरि संचालन हुन लागेको वताउदै शेर्पाले मदिरा संचालनका शिलशिलामा ब्यवसायीहरुमा आउने कानुनी जटिलताको समधान गर्न नि ; शुल्क कानुनी सेवाका लागि २ जान कानुन ब्यवसायीहरुको ब्यबस्थापन गरिएको वताउनु भयो । विगतका रहेका कयौ ब्यवसायीहरुका समस्या समधान गर्न महासंघ सधै प्रतिवद्ध रहेको उहाँको भनाइ थियो । विगतमा रुकुम लगायतका जिल्लाहरुमा स्थानीय सरकारले मदिराको कारोवारमा लगाएको प्रतिवन्धका विरुद्ध कानुनी उपचारका लागि महासंघले निः शुल्क कानुनी सेवा उपलब्ध गराएको भन्दै अध्यक्ष शेर्पाले आगामी दिनमा पनि यस्ता समस्या समधान गर्न पूर्ण रुपमा नि : शुल्क कानुनी सेवा उपलब्ध गराउने वताउनु भयो ।
कार्यक्रममा महासंघका उपाध्यक्ष विशिष्ठ अतिथि अधिवक्ता विष्णु कुमार श्रेष्ठले व्यबसायीक विकासका लागि सबै सरोकारवाला निकायहरु विच समन्वय हुनुपर्ने वताउदै महासंघ यसका लागि लागि परेको वताउनु भयो । उपाध्यक्ष श्रेष्ठले मदिरा महासंघले ब्यावसायीहरुको अधिकारका लागि निरन्तर लागिरहेको वताउनु भयो ।

महासंघका महासचिव तारानाथ ढुगांनाले ब्यबसायीहरुको हक हित र अधिकारका लागि लागि महासंघले संस्थागत संरचना तयार गरेर अगाडि वढ्न लागेको वताउनु भयो ।
कार्यक्रममा महासंघका केन्द्रिय सदस्य राजन के.सी., स्याङ्जा जिल्ला अध्यक्ष खिमानन्द पराजुली, कपिलवस्तु जिल्ला अध्यक्ष सन्देश कक्षपति, चितवन जिल्ला अध्यक्ष गोविन्द पाण्डे लगायत विभिन्न ब्यावसायीहरुको सहभागिता रहेको थियो ।

