मदिरा ब्यावसायी संघ, बाँकेको अध्यक्षमा सिहं ठकुरी निर्वाचित

मदिरा ब्यावसायी संघ बाँके जिल्लाको दोस्रो अधिबेशनबाट सर्वसहमत नयाँ कार्य समिति चयन गरिएको छ । अधिबेशनबाट अध्यक्षमा भिम बहादुर सिहँ ठकुरी चयन हुनु भएको छ भने कार्य समितिको प्रथम उपाध्यक्ष जगत बस्नेत, उपाध्यक्ष रवि कुमार बाँनिया, महासचिव यौवन पौड्ल, सचिव प्रमोद कुमार श्रेष्ठ, कोषाध्यक्ष विशाखा अधिकारी सर्वसहमत चयन हुनुभएको हो ।

यस्तै सदस्यहरुमा सविन प्रसाई, धर्मेन्द्र वोहरा, प्रेम बहादुर खत्री, केदार कटुवाल, राज शाक्य, गोपाल गिरी, कृष्ण प्रसाद मरासिनी, मुन्ना गुप्ता, नीरज गुप्ता, संदिप बली र सत्येन्द्र सिँह चयन हुनुभएको हो । यसैगरि मनोनित सदस्यहरुमा अग्नीधर चालिसे, माधबी रावल चयन हुनुभएको छ ।

नवनिर्वार्चित कार्य समितिले बाँके जिल्लाको मदिरा ब्यबसायलाई प्रभावकारी वनाउन विभिन्न कार्यक्रम गर्ने जनाएको छ । खुल्ला सिमानाका कारण उत्पन्न ब्यबसायीक चुनौतिहरुलाई लाई सामाना गर्न विभिन्न निकायहरुसंग समन्वय र सहकार्य गर्ने, मदिराजन्य बस्तुहरुको विक्रि मुल्यमा एकरुपता कायम गर्ने, ब्यबसायीहरुका समस्याहरु समधान गर्न नियमित रुपमा छलफल तथा अन्तक्रिया गर्ने अध्यक्ष भिम बहादुर सिँह ठकुरीले जानकारी दिनु भयो ।

नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अबदुल वाहिद मसूरीको प्रमुख आथित्यतामा भएकाे कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, नेपालगञ्ज वितर संघका अध्यक्ष गणेश भण्डारी, खुद्रा ब्यबसायी संघका अध्यक्ष शिव प्रसाद दाहाल, होटेल ब्यबसायि संघका अध्यक्ष भीम कडेल, नेपालगञ्ज उद्योग बाणिज्य संघका सदस्य विष्णु प्रसाद श्रेष्ठ लगायतको आथित्यता रहेको थियो ।

Share This On:

Leave a Reply