गत पुस २२ गतेदेखि सम्पर्कविहीन भएका ग्रिनलाइन सेन्टर प्रा लिका सञ्चालकहरू काठमाडौं फर्किए पछि नेपाल मदिरा ब्यावसायी महासंघको सम्पर्कमा आएका छन । शुक्रबार महासंघका अध्यक्ष सोनाम शेर्पासंग टेलिफोन कुराकानी गर्दै अब नियमित ब्यावसायीक कार्यमा फर्केर तत्काल कारोबार मिलान गर्ने बताएका छन ।

काठमाडौं उपत्यकामा ब्रान्डेट मदिराको व्यापार गर्ने ग्रिनलाइन सेन्टर प्रा लि सञ्चालक अमित अग्रवाल र अभिषेक अग्रवालले मदिरा महासंघलाई सम्पर्क गरेका छन्।
‘हामीहरू काठमाडौं फर्किएका छौं। त्यसरी जानु हुँदैनथियो भन्नुभएको छ,’ महासंघका अध्यक्ष शेर्पाले भन्नु भयो । अध्यक्षसंग कुराकानी गर्दै सञ्चालक अमित अग्रवालले आफूहरू भारतबाट बिहीबार काठमाडौं आइपुगेको जानकारी दिनुभएको छ ।
‘व्यापारको तनावले हामीहरू सबथोक छोडेर गएका थियौं। अब हामी फर्किइसक्यौं। तत्काल यहाँको कारोबार मिलाउँछौं,’ अग्रवालले भन्नु भयो आफूहरूले काठमाडौं छोडेपछि विभिन्न कुराहरू बाहिर आएको उल्लेख गर्दै उहाँले ती विषयमा स्पष्ट पार्ने बताउदै ‘केही कुराको हामीले कानुनी उपचार पनि खोज्नुपर्नेछ त्यसका लागि नेपाल मदिरा ब्यावसायी महासंघबाट सहयोगको अपिक्षा गरिएको छ ’ अग्रवालले कुराकानीका क्रममा भन्नु भयो ।
उहाँको कुराकानीलाई महासंघले सकारात्मक रुपमा लिएको बताउदै महासंघका अध्यक्ष शेर्पाले ब्यावसायीहरुको हक अधिकारका लागि कानुन सम्वत सहयोग गर्न महासंघ सधै तयार रहेको भन्दै कारोबार मिलान गरेर ब्यावसायीक ब्यबस्थापन गर्न सुझाएको बताउनु भयो ।

