मदिरा ब्यवसायी संघ नवलपुरको पहिलो साधारण सभा शुक्रवार नवलपुरमा सम्पन्न भएको छ । संघियता कार्यन्वयन भएपछि नवलपरासी जिल्ला टुक्रिएसंगै दुई जिल्लामा छुटाछुट्टै जिल्ला स्तरीय मदिरा ब्यबसायी संघ गठन भएका थिए ।

जिल्ला संघ गठन भएपछि नवलपुर जिल्लाको पहिलो साधारण सभाको आयोजना गरिएको नवलपुर मदिरा ब्यवसायी संघका जिल्ला अध्यक्ष रेशम चापाँगाईले बताउनु भयो ।

नेपाल मदिरा ब्यबसायी महासंघका अध्यक्ष सोनाम शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभामा महासंघका महासचिव तारानाथ ढुंगाना, सहकोषाध्यक्ष राजेन्द्र लामा तामाङ्ग, केन्द्रिय सदस्यहरु राजन के.सी.,यमबहादुर गुरुङ्ग,अर्जुन सिक्देल, मदिरा महासंघ गण्डकी प्रदेश अध्यक्ष डासिराम सापकोटा, मदिरा संघ चितवनका अध्यक्ष गोविन्द पाण्डे लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन विनेद सिलवालले गर्नु भएको मदिरा संघ नवलपुरले जनाएको छ ।

