मदिरा ब्यावसायी महासंघको साधारण तथा प्रदेशिक परिषदको तयारी तिबृ ।

मदिरा ब्यावसायी महासंघको साधारण सभा तथा प्रदेश नं. १ को प्रदेश परिषद्को तयारी तिवृ बनाइएको छ । बैशाख २ र ३ गते विराटनगरमा हुने उक्त कार्यक्रमका लागि प्रदेश नं १ का जिल्ला अध्यक्षहरुसंग छलफल समेत गरिएको नेपाल मदिरा ब्यबसायी महासंघ प्रदेश नं. १ का अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिनु भयो । कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्न प्रदेश नं. १ का जिलला अध्यक्षहरुलाई विभिन्न जिम्मेवारी तोकिएको प्रदेश अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

कोरोना महामारीका कारण हुन नसकेको साधारण सभामा संस्थाको विधान, नयाँ संस्थागत संरचनाको कार्यन्वयन, मदिरा व्यवसायमा देखिएका चुनौतिहरु र जिल्लाका सवालहरुका विषयमा छलफल गरिने महासंघले जनाएको छ ।

महासंघको साधारण सभामा सातै प्रदेश र सबै जिल्लाहरुबाट सहभागिता हुने र सहभागि प्रतिनिधिहरुको विबरण चैत्र २७ गते सम्म आउने महासंघले जनाएको छ । होटेल लगायतको तयारी गर्न सजिलो हुने भएकाले समयमै सहभागिहरुको विवरण पठाउन समेत जिल्ला संघहरुलाई महासंघले आग्रह गरेको छ ।

विराटनगरको नमस्ते रेजिन्सीमा कार्यक्रमको भब्य उद्घाटन गरिने र कार्यक्रमको प्रमुख अतिथीका रुपमा प्रदेश नं. १ का प्रदेश प्रमुख पशुराम खापङ सहभागि हुनुहुने मदिरा ब्यबसायी संघ मोरङका अध्यक्ष विनोद के.सी.ले जानकारी दिनु भयो । सहभागिहरुका लागि आवास तथा भोजनका लागि होटल लगायतको तयारी भैरहेको समेत अध्यक्ष के.सी.ले बताउनु भयो ।

Share This On:

Leave a Reply