महासंघको साधारणमा सहभागि हुने प्रतिनिधीहरुको विवरण पठाउन जिल्ला संघलाई निर्देशन

मदिरा ब्यावसायी महासंघको बैशाख २ र ३ गते विराटनगरमा हुने साधारण सभामा सहभागि हने प्रतिनिधीहरुको विवरण तत्तकाल पठाउन नेपाल मदिरा ब्यबसायी महासंघले जिल्ला संघहरुलाई निर्देशन दिएको छ । सहभागि हुने प्रतिनिधीहरुको विवरण प्राप्त भएपछि आबश्यक तयारी गर्न सहज हुने भएकाले सबै जिल्लाहरुलाई निर्देशन गरिएको महासंघले जनाएको छ ।

विहिवार एक सुचना जारी गदै महासंका महासचिव तारानाथ ढुगांनाले प्रत्येक जिल्लाबाट सहभागि हुने प्रतिनिधिहरुको विवरण चैत्र २५ गते भित्र पठाउन आग्रह गर्नूभएको छ । बैशाख २ गते विराटनगरमा रहेको होटेल नमस्ते रिजेन्सीमा विहान ९ वजे कार्यक्रमको औपचारिक उद्घाटन गरिने जारि सुचनामा उल्लेख गरिएको छ ।

कार्यक्रमको प्रमुख अतिथीका रुपमा प्रदेश नं.१ का प्रदेश प्रमुख पशुराम खापङ सहभागि हुनुहुने महासंघले जनाएको छ । कार्यक्रमको आबश्यक तयारी तिवृ भैरहेको महासंघका महासचिव ढुगांनाले जानकारी् दिनु भएको छ ।

Share This On:

Leave a Reply