राष्ट्र बैंकको निति विरुद्ध नेपालगन्जका ब्यावसायीहरु आन्दोलनमा

राष्ट्र बैंकको निति विरुद्ध नेपालगन्जका ब्यावसायीहरु आन्दोलनमा उत्रिएका छन् । चर्को ब्याजदर विरुद्ध नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा मदिरा ब्यावसायी संघ बाँके लगायतका विभिन्न २७ बस्तुगत संघहरुले आन्दोलनलाई सशक्त बनाउँदै विभिन्न ७ बुँदे माग राखि थप आन्दोलनको घोषणा गरेको हुन ।

कोरोना महामारी पछि ब्यवसायीक क्षेत्र धरासयी हुदै गएको र पछिल्लो समय सुधार हुने अपीक्षा गरिरहेको भएपनि राष्ट्र बैंकको नितिका कारण थप धरासयी हुने अबस्थामा पुगेकाले आन्दोलन गर्नुपरेको मदिरा ब्यवसायी संघ बाकेका अध्यक्ष मिम बहादुर सिह ठकुरीले बताउनु भयो ।   

कोरोनाका कारण ब्यापार, ब्यवसायमा गिरावट आएको बेला नेपाल राष्ट्र बैंकले ब्याजदर बढाउँदा उद्योगी, ब्यवसायी मर्कामा परेको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको उहाँको भनाई छ ।

राष्ट्र बैंकको नितिका विरुद्ध विभिन्न जिल्ला संघहरुले गरेको आन्दोलनमा नेपाल मदिरा ब्यावसायी महासंघको पनि ऐकेबद्धता रहेको र आन्दोलनललाई थप प्रभावकारी बनाउन महासंघले जिल्ला संघहरुसंग सहकार्य गरिरहेको महासंघका अध्यक्ष शोनाम शेर्पाले बताउनु भयो । उहाँले ब्यावसायीहरुका समस्याहरुको समधान गर्न महासंघले विभिन्न ब्यवसायीक महासंघहरुसंग सहकार्य गरि आबश्यक कदम चालिने समेत बताउनु भयो ।

यस अघि पनि नेपालगन्जका ब्यावसायीहरुले गत असोज पहिलो साता नेपाल राष्ट्र बैंकको मुल गेटमा एक घण्टा धर्ना दिनुका साथै जमुनाहा नाकामा उपभोक्ता सचेतना एवम् दवावमुलक कार्यक्रम गर्दै आन्दोलन गरेका थिए । यही असोज १ गतेदेखि लागु हुनेगरि बैंक तथा वित्तीय संस्थाले ब्याजदरमा गरेको बृद्धिले कर्जाको ब्याजदर आँकासिने भन्दै संघले आन्दोलन गरेको थियो ।

पहिलो चरणको आन्दोलनबाट आफ्ना मागहरुको सुनुवाई नभएपछि विभिन्न ७ बुदेँ बिषयबस्तु अघि सारेर संघको अगुवाईमा मदिरा ब्यवसायी सघ बांके लगायतका विभिन्न २७ वटा बस्तुगत सगठनहरुले आन्दोलन गर्ने घोषणा गरेको महासचिव चिरञ्जीवी ओलीले जानकारी दिनु भयो । व्यवसायीका तमाम समस्या तथा निजी क्षेत्र धराशायी हुँदा पनि राष्ट्र बैंक मुकदर्शक बनेको भन्दै बाँकेका ब्यावसायीहरुले रोष प्रकट गरेको छन ।

Share This On:

Leave a Reply