चोरी भएको मदिरा अवैध कारोबार भएमा जानकारी गराईदिन संघको आग्रह

चोरी भएको मदिराको अबैध कारोबार भएको देखिएमा मदिरा संघ काठमान्डौ वा चोरी भएको पसलमा खवर गरिदिन आग्रह गरिएको छ । बुधबार काठमान्डौको डिल्लीबजारमा एक मदिरा पसलबाट मदिरा तथा मदिराजन्य बस्तुहरु चोरी भएको छ ।
एसी.डिसी.एण्ड सिसि स्टोरबाट ब्याक लेवल डबल ब्याक लेवल, रेड लेवल, सुर्य चुरोट लगायतका विभिन्न मदिरा तथा मदिराजन्य बस्तुहरु चोरी भएका छन ।

चोरी भएका मदिराहरु माछापोखरी क्षेत्रमा अबैधरुपमा सस्तो मुल्यमा विक्रि वितरण भैरहेको जानकारी भएका भन्दै उक्त चोरी भएका मदिराहरु कारोबार भएको देखिएमा मदिरा संघ काठमान्डौ वा सम्वन्धीत पसल (९८४१२०७३९२)मा जानकारी गराईदिन अनुरोध गरिएको छ ।

Share This On:

Leave a Reply