नेपाल मदिरा ब्याबसायी महासंघको १७ औ बार्षिक साधारण सभा तथा १२ औ महाधिबेशन सम्बन्धी सूचना

नेपाल मदिरा ब्याबसायी महासंघ केन्द्रिय कार्य समितिको मिति २०७९ फागुन २० गते बसेकोे बैठकको निर्णयानुसार यस महासंघको १७ औ बार्षिक साधारण सभा तथा १२ औ महाधिबेशनको कार्यक्रम निम्न कार्यतालिका अनुसार सम्पन्न गरिने भएकाले सम्वन्धीत सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।

तपशिल
१. साधारण सभा उद्घाटन हुने स्थान ; प्रज्ञा भवन, काठमाण्डौ ।
२. साधारण सभाको औपचारिक कार्यक्रम उद्घाटन हुने मिति ; २०८०/०१/०९ गते
३. निर्वाचनका कार्यक्रमहरु संचालन हुने मिति ; २०८०/०१/०४ गते देखि ९ गते सम्म । (बैशाख ४ गते हुने मतदाता नामावली प्रकाशन र बैशाख ५ गते विहान १० वजे देखि ३ वजे सम्म हुने उम्मेदवारी मनोनयन दर्ता सम्वन्धी सम्पुर्ण कार्यक्रम महासंघको केन्द्रिय कार्यालयमा हुने छ ।

नोट ; साधारण सभा तथा अबिधेशन सम्वन्धी विस्तृत जानकारी सहितको पत्र सबै प्रदेश तथा जिल्ला संघहरुलाई पठाई सकिएको छ भने हाम्रो अनलाईन www.hamronewsline.com मा समेत प्रकाशित गरिएको छ । साधारण सभामा पेश गरिने विषयहरु र निर्वाचन सम्बन्धी बिस्तृत सूचनाहरु नेपाल मदिरा ब्याबसायी महासंघको केन्द्रीय कार्यालय स्वयंभु काठमाण्डौको सूचना पाटीमा समेत टाँस गरीएको ब्यहोरा सम्वन्धीत सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।

कार्यसमितिको आज्ञाले
तारानाथ ढुङ्गाना
महासचिव

Share This On:

Leave a Reply