महासंघकाे भौतिक पुर्वाधार निर्माण सम्पन्न भयाे, अव हामी दिगो संस्थागत विकासका लागि कार्य गर्ने छौ – अध्यक्ष शेर्पा

सोनाम शेर्पा एक सफल व्यवसायी हुनुहुन्छ । वि.स.२०६८ साल देखि व्यवसायम आवद्ध शेर्पा व्यवसाय सुरु गरेको एक दसकमै उल्लेख्य सफलता हासिल गरिसक्नु भएको छ । श्री शेर्पा स्टोर एण्ड सप्लायर्स बाट मदिरा व्यवसाय संचालन गर्नु भएका उहाँ अहिले आधा दर्जन वढि व्यवसायमा आवद्ध हुनुभएको छ र श्री आइकोनिक वेभरेज एण्ड वाईन ईण्डष्टिज प्रा.लि., श्री शेर्पा म्याक्स कल्व, श्री एस.एम.लिक्युड वल्र्डको अघ्यक्ष तथा संचालकका रुपमा हुनुहुन्छ । अत्तरखेल टोल विकास समितिको अघ्यक्ष समेत रहनुभएका शेर्पा मदिरा व्यवसायी संघ काठमान्डौको स्थापक अघ्यक्ष सहित दुइ कार्यकाल अघ्यक्ष, नेपाल मदिरा व्यवसायी महासंघको उपाघ्यक्ष र हाल महासंघको अघ्यक्ष हुनुहुन्छ । नेपाल मदिरा व्यवसायी महासंघको अघ्यक्ष रहदाँ व्यवसायीक हक, हित र अधिकारका क्षेत्रमा महत्वपुर्ण योगदान गर्नु भएको छ । आज हामी महासंघको आगामी निर्वाचन र आफ्नो कार्यकालमा भएका उपलब्धीहरुका विषयमा महासंघका अघ्यक्ष शेर्पा संग गरिएको संक्षिप्त कुराकानी ः

१. अघ्यक्ष ज्यु सर्वप्रथम यहाँलाइ स्वागत छ । अघ्यक्ष ज्यु, महासंघमा अघ्यक्षको पहिलो कार्यकाल सकियो । यस अवधिमा के के कामहरु गर्नु भयो ?
 धन्यवाद । हामीले नेपाल मदिरा व्यावसायी महासंघको जिम्मेवारी लिदाँ यस सस्थाको पन्ध्र लाख भन्दा वढि ऋण थियो । संस्थागत संरचना र कार्यालय समेत थिएन । भाडाको एउट कोठामा सामान्य कार्यालय थियो । हामीले सुरुमा संस्थागत संरचना दिगो बनाउन आफनै भवन निर्माण गर्न सुरु गरेका थियौ । अहिले महासंघको आफनै भवनमा कार्यालय संचालनमा छ ।

संघियता पछि विभिन्न जिल्लाहरुमा स्थानीय तहहरुले मदिरा व्यावसाय संचालनमा समेत गैरकानुनी प्रतिवन्ध लगाउने गरि निर्णय गरे यस्तो अवस्थामा मैले ति जिल्लाहरुमा पुगेर कानुन विपरित गरिएका निर्णय विरुद्ध कानुनी उपचार खोजेर सहज व्यवसाय संचालन गर्ने वातावरण तयार गरियो । अहिले व्यवसायीक क्षेत्रमा आउने कानुनी जटिलता हटउन दुई जना कानुन व्यवसायी कार्यरत हुनुहुन्छ । मदिरा व्यवसाय नेपालको कानुन अनुसार विभिन्न निकायहरुमा दर्ता भई संचालनमा आएका हुन । राज्यलाई मदिरा व्यवसायले निजी क्षेत्रको कुल राजस्व योगदानमा २५ प्रतिशत भन्दा वढि योगदान छ । तर पनि मदिरा व्यवसायीका सवालहरुमा राज्य र मिडियाको समेत हामीलाई सहयोग छैन ।

अहिले हामीले मेरो कार्यकालमा आफनै अनलाईन मिडिया संचालनमा ल्याएका छौ । हामीले राजस्व क्षेत्रमा हुने सहकार्य र कर शिक्षाका लागि समेत सहकार्य गदै आएका छौ ।

घरेलु तथा नक्कली मदिरा नियन्त्रणमा राजस्व विभाग र प्रहरीसंग सहकार्य गरेर धेरै घटनाहरुमा कानुनी प्रकृयामा सघाएका छौ । हाम्रो कार्यकालमा कोविड महामारीले गर्दा काम गर्न कठिन नै थियो । यस जटिल अवस्थामा पनि व्यवसायीहरुको समस्याहरुको समधान गर्न हामी सरकारी निकायहरु संग समन्वय गरेका थियौ । कोविडको समयमा अरु व्यवसाय संचालन भएपनि मदिरा व्यवसाय संचालनमा अवरोध भएपछि सर्वोच्चमा रिट दायर गर्नुपरेको थियो । पसल संचालन गरेकै आधारमा धेरै व्यवसायीलाई धरपकट गर्दा समेत हामीले नै छुटाएका थियौ ।

हामी मदिरा व्यवसायलाई सम्मानित र कानुन सम्मवत संचालन होस भन्ने चाहान्छौ यसका लागि मैले मेरो कार्यकालमा सुधारका लागि धेरै कामहरु भए । नक्कली मदिरा कारोवार गर्ने व्यवसायीहरुलाई सामाजिक वहिस्कार नै गर्ने निर्णय गरेका छौ । अहिले नक्कली मदिराको कारोवारमा कमी आएको छ । महासंघ, प्रहरी र कर कार्यालय विचको सहकार्यले हामी व्यसायीक सुधार गरेका छौ ।

मदिरा व्यवसायीहरु विचको आन्तरिक कारोवार मिलाउन पनि धेरै समस्याहरु थिए मैले त्यस्ता व्यवसायीहरु विच छलफल गरेर एक अर्व भन्दा वढि कारोवारलाई मिलाएका छौ । मदिरा कम्पनि र मदिरा व्यावसायीहरु विचको सहकार्य समेत हाम्रो कार्यकालमा धेरै सुधार भएर बैधानिक कारोवार संचालनमा समेत उल्लेख्य सुधार भएको छ ।

मदिरा व्यवसाय संचालन गरेकै कारण अहिले पनि धेरै जिल्लामा हैरानी खेप्नु पर्ने अवस्था छ । स्थानीय निकायहरुले गैरकानुनी रुपमा गरेका निर्णयहरुले यस्तो समस्या आएको हो । हामीले यस्ता निर्णयका विरुद्धमा न्यायीक समधान खोज्न दुई जना कानुन व्यवसायीहरु मार्फत अदालत सम्म पुग्नु परेको थियो । कोविड महामारीका समयमा मैले नै सर्बोच्च अदालतमा रिट दायर गरेपछि व्यवसाय संचालनमा सहज भएको थियो ।

कोविडको समयमा काम खटिएर जोखिमपुर्ण अवस्थामा रहेका पत्रकारहरुको सुरक्षामा थप सहयोग होस भनेर हामीले नेपाल पत्रकार महासंघ मार्फत पत्रकारहरुलाई माक्स, सेनिटाईजर उपलब्ध गराएका थियौ । महासंघले कोविड विमा गरेर व्यवसायीहरु प्रति जिम्मेवारीपुर्ण व्यवहार देखाएको थियो र कोविड लागेपछि धेरै व्यवसायीहरुले विमा वाफतको रकम समेत पाउनु भएको थियो । मदिरा व्यवसाय, मदिरा कम्पनीमा कार्यरत कर्मचारीहरु विरामी हुदाँ पनि महासंघले आर्थिक सहयोग गदै आएको छ । कोविड माहामारीको समयमा काम गर्न सक्ने अवस्था नभएर भोक भोकै रहेका सुकुमबासि वस्तीमा खाद्यान्न उपलब्ध गराएका थियौ । आम समुदायमा हामी व्यवसायीहरुलाई हेर्ने दृष्टीकोणमा समेत सुधार भएको छ ।

हामी सामाजिक उत्तरदायित्व पनि निर्वाह गदै आएका छौ । समय समय सामाजिक कार्य गदै आएकाले आम समुदाय र सरकारी तथा गैरसरकारी निकायहरुसंगको सम्वन्ध सुधार भएको छ ।

२.अध्यक्ष ज्यू । एक कार्यकाल सम्पन्न भयो । महासंघमा यति धेरै कामहरु पनि गर्नु भयो ? अब किन फेरि पनि अध्यक्षको उम्मेदवार हुन थाल्नु भएको छ ?

 मलाई महासंघमा फेरि पनि अध्यक्ष हुने विषयमा त्यस्तो केहि होइन । काम गदै जादाँ धेरै व्यवसायी साथीहरु र बर्तमान कार्यसमिति समेतको सल्लाहमा अध्यक्ष बन्नुपर्ने प्रस्ताव आयो । यस पटक महासंघको भौतिक पूर्वाधार निर्माण गरेका छौ । अव संस्थागत विकास र व्यवसायीहरुको नेतृत्व विकासका कार्यहरु गर्न पनि मेरो नेतृत्व आवश्यक छ । म सबै जिल्लामा पुगेर व्यवसायीहरुका समस्या समधान गदै आएकाले सबै जिल्लाका व्यवसायीले पनि मेरो नेतृत्व दोहरिनुपर्ने भन्दै आएका छन । अहिले जिल्लाका सबै साथीहरुले विभिन्न सामाजिक संजालहरुमा समेत मेरो समर्थनमा पोष्ट गर्नु भएका सामग्रीहरु पनि तपाईले देख्न सक्नु हुन्छ । उहाँहरुले मलाई समर्थन गदै प्रचारमा लाग्नु भएकाे छ । अधिल्नाे कठिन अवस्थामा त व्यवसायीहरुले सहयोग गरेर विजयी बनाउनु भयो । अहिले त प्रत्येक व्यवसायीहरुलाई सहयोग गरेको छु । हरेक समस्यामा पुगेको छु । यस पटक मलाइ कुनै चुनाैति छैन । म त व्यवसायीहरुकाे माग अनुसार उम्मेदवार भएकाे हुँ ।

३. अध्यक्ष ज्यू । आगामी कार्यकालका योजनाहरु के के छन ?
 यस पटक दिगो संस्थागत विकासका लागि हाम्रो नेतृत्वले यस कार्यकालमा उल्लेख्य कार्य गर्ने छ । कोविड महामारीको संकंटमा त हामीले धेरै काम गरेका थियौ । यस कार्यकालमा व्यवसायीहरुको क्षमता विकास, कर शिक्षा, व्यवसायीक दिगोपन, मिडिया संचालनलाई थप प्रभावकारी वनाउने, सामाजिक उत्तरदायित्वका कामहरु गर्ने, व्यवसायीक दिगोपन, व्यवसायीहरुका समस्याहरुका विषयमा सरकारी तथा अन्य निकायहरु संग सहकार्य कार्यालय संचालनमा व्यवस्थित वनाउने, मदिरा मुल्यसुची व्यबस्थापन लगायतका कार्य संचालन गर्ने छौ । यसका साथै नक्कली र घरेलु मदिरा रोकथाम गर्न थप कार्य गर्ने छौ । राज्यका निकायहरु संग नियमित सहकार्यको वातावरण तयार गर्ने छौ । मदिरा व्यवसायीहरुका संघहरुलाई बलियो वनाउन जिल्ला र प्रदेश संघहरु वलियो बनाउन आवश्यक पुर्वाधार बनाउने छौ ।

४. अध्यक्ष ज्यु । महासंघको यस निर्वाचनमा सबै पदहरु निर्विरोध निर्वाचित भए अध्यक्षमा किन सहमति हुन सकेन ?
 महासंघले आगामी अबिधेशनका विषयमा सबै संग सहकार्य गरेर सहमतिमा नेतृत्व चयन गर्ने विषयमा छलफल गरेपछि जिल्ला, प्रदेश र महासंघका पदाधिकारीहरुले सर्बसहमत सोनाम शेर्पाको नेतृत्वमा सहमति गर्ने निर्णय भएको हो । सबै पदहरुमा सहमति भएपछि हामी प्रकृयामा गएका हौ । मेरो आफ्नो इच्छा भन्दा पनि सबै व्यवसायीहरुको सल्लाहमा म अध्यक्षको उम्मेदवारी भएको हु । अहिले मेरो समुहका सबै पदमा निविरोध भएका छन । जो अहिले उम्मेदवार भए उहाँ उपाध्यक्षको लागि इच्छा गर्नुभएको थियो । ललितपुर जिल्लाले संस्थागतरुपमा अर्को उम्मेदवार पठाउनु भयो । जिल्लाको सहमति र व्यवसायीहरुको मर्म विपरित उहाँले अध्यक्षमा उम्मेदवारी दिनु भो । उहाँले उम्मेदवारी दिदाँ प्रस्ताव र समर्थन समेत नभएर उम्मेदवारी दर्ता गर्न समेत कठिन भएको थियो । धेरै व्यसायीहरुले सहमतिका लागि प्रयास गर्दा पनि उहाँ छलफल गर्न चाहानु भएन । सतप्रतिशत जिल्लागत समर्थन र व्यवसायीहरुको माग र सल्लाहका आधारमा मात्र मैले उम्मेदवारी दिएको हो । उहाँमा व्यवसायीहरु प्रतिको इजोको कारणले मात्र उम्मेदवार दिनु भएको हो । उहाँ परिचालित भएर हो । यसले संस्थागत विकासमा समेत असर गर्दछ । उम्मेदवारी दिने अधिकार सबै मा छ तर हामी यस कार्यकालमा सर्बसहमत नेतृत्व चयन गर्ने भनेर व्यवसायीहरुले गरेको निर्णयलाई हामी सबैले मानुपर्ने हुन्छ । उहाँसंग त प्रस्तावक र समर्थन गर्ने व्यवसायीहरु समेत छैनन । उहाँ जिल्लाका साथीहरुसंग व्यवसायीक इगो भएर होला । यसले कैसैलाई हित गर्दैन । हामी त लोकतान्त्रिक प्रकृयामा नेतृत्व छनोट गर्ने कार्यलाई आत्मसात गर्न चाहान्छौ । मैले यसलाई स्वभाविक रुपमा लिएको छु ।

५. अध्यक्ष ज्यु । अन्तमा केहि छ ?
 तपाईलाई धेरै धेरै धन्यवाद । यस कार्यकालमा सहयोग र सहकार्य गर्ने सबै व्यवसायीहरु, सरकारी तथा गैरसरकारी निकायहरु, आम संचार लगायत सबै प्रति हार्दिक आभार व्यक्त गर्दछौ । यहाँहरुकै सल्लाहमा म फेरि पनि अध्यक्षपदमा उम्मेदवारी दिएकाले आवश्यक सहयोग गरिदिन अनुरोध गर्दछु ।

Share This On:

Leave a Reply