नेपाल मदिरा ब्यावसायी महासंघको साधारण सभा तथा अबिधेशनको सम्पुर्ण तयारी पुरा भएको छ । बैशाख ९ गते काठमाण्डौको प्रज्ञा भवनमा हुने उक्त कार्यक्रमका लागि आवश्य सम्पुर्ण तयारी पुरा भएको नेपाल मदिरा ब्यबसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले जानकारी दिनु भयो ।
महासंघको साधारण सभा तथा अबिधेशनको तयारीका लागि गठन भएका विभिन्न समितिहरुसंग छलफल गदै अध्यक्ष शेर्पाले कार्यसमितिका सबै पदाधिकारीहरुले दिएको जिम्मेवारी पुरा गर्न निर्देशन दिनु भयो ।
कार्यक्रममा सहभागि हुने प्रतिनिधीहरुका लागि आवासिय सुविधा, कार्यक्रम स्थलको व्यवस्थापन, महासंघको संस्थागत विकासमा योगदान गर्ने व्यक्तिहरुलाई सम्माणपत्र, अथितिहरुलाई प्रदान गरिने मायाको चिनो, महासचिवको सांगठनिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन, विधान संशोधन तथा नयाँ नेतृत्वका चयनका लागि निर्वाचन समितिको तयारी लगायतका विषयमा विभिन्न समितिका संयोजकहरुले आवश्यक तयारी पुरा भएको र जिल्लाहरुबाट सहभागि प्रतिनिधीहरु काठमान्डौ आउने क्रम सुरु भएको जानकारी दिएका थिए ।
होटेल तथा आवास व्यवस्थापन समितिका संयोजक मदन गौतमले कार्यक्रममा सहभागि प्रतिनिधीहरुका लागि होटेल तथा शुक्रबार महासंघले आयोजना गर्ने रात्री भोजका लागि सबै तयारी सकिएको जानकारी दिनु भयो । मञ्च व्यवस्थापन तथा अतिथिहरुको स्वागत, निर्वाचनको तयारी, मायाको चिनो तथा छपाई सम्बन्धी कामहरु सकिएको महासंघले जनाएको छ ।
बैशाख ९ गते शनिवार विहान देखि महासंघको साधारण सभा तथा अबिधेशनका औपचारिक कार्यक्रमहरु सुरु हुने छन भने विभिन्न जिल्लाबाट कार्यक्रममा सहभागि हुने मदिरा व्यवसायीहरुका प्रतिनिधीहरुको सम्माणमा महासंघले शुक्रबार रात्रीभोग तथा स्वागत कार्यक्रमको समेत आयोजना गरिएको छ ।
महासंघले विहिवार एक सुचना जारि गदै देशका विभिन्न जिल्लाबाट सहभागि हुने प्रतिनिधीहरुलाई स्वागत गर्न आतुर भएको भन्दै शुभ यात्राको कामना गरेको छ ।
महासंघका अध्यक्ष सेर्पाले कार्यक्रमा आउने सबै सहभागिहरु प्रतिनिधीहरुलाई काठमान्डौमा महासंघले स्वागत गर्दछ भन्दै शुभ र सफल यात्राको कामना गर्नु भएको छ । उहाँले भोली शुक्रवार अपराहन्न ४ वजे साधारण सभा तथा अधिबेशनमा देशभरिबाट सहभागि हुने मदिरा ब्यवसायीहरुका प्रतिनिधीहरुलाई औपचारिक रुपमा स्वागत गर्नु हुने कार्यक्रम रहेको छ ।

