नेपाल मदिरा व्यवसायी महासंघको बैशाख ९ गते सम्पन्न भएको निर्वाचनको प्रतिवेदन औपचारिक रुपमा मंगलवार पेश गरिएको छ । मुख्य निर्वाचन अधिकृत अधिवक्ता सुदिप नेपाल र निर्वाचन अधिकृत अधिवक्ता दिनेश खड्काले महासंघका नव निर्वाचित पदाधिकारीहरु समक्ष महासंघको १२ औ महाधिबेशन अन्तर्गत सम्पन्न भएको निर्वाचनको प्रतिवेदन पेश गर्नुभएको हो ।
महासंघका अध्यक्ष सोनाम शेर्पाले निर्वाचन सम्पन्न भएको प्रतिवेदन ग्रहन गदै सफलतापुर्वक निर्वाचन सम्पन्न भएकोमा निर्वाचन समितिलाई आभार तथा धन्यवाद समेत व्यक्त गर्नु भएको छ । महासंघको निर्वाचन सफलतापुर्वक सम्पन्न गरेकोमा निर्वाचन समितिका पदाधिकारीहरुलाई सम्मान समेत गरिएको छ । उक्त कार्यक्रममा मुख्य निर्वाचन अधिकृत अधिवक्ता सुदिप नेपाल र निर्वाचन अधिकृत अधिवक्ता दिनेश खड्कालाई कदरपत्र सहित महासंघले सम्मान गरेको हो ।

निर्वाचन समितिले निर्वाचन सम्पन्न प्रतिवेदन पेश गरेसंगै मंगलवार नै महासंघको निर्वाचन समिति विघठन गरिएको छ । निर्वाचन समितिले महासंघको १२ औ महाधिबेशन अन्तर्गत निर्वाचनका सम्पुर्ण कार्यक्रमहरु सम्पन्न भएपछि निर्वाचन समिति विघटन भएको हो ।
निर्वाचन समितले निर्वाचनका कार्यक्रमहरु सम्पन्न गर्न सहयोग गर्ने सवै निकायहरुलाई आभार व्यक्त गदै धन्यवाद ज्ञापन गरिएको छ । कार्यक्रममा वोल्दै मुख्य निर्वाचन अधिकृत सुदिप नेपाल र निर्वाचन अधिकृत अधिवक्ता दिनेश खड्काले महासंघको निर्वाचन सफलताका साथ सम्पन्न गर्न सहयोग गर्ने निकायहरुलाई धन्यावाद ज्ञापन गर्नु भएको हो ।
मंगलवार निर्वाचित भएको प्रमाण पत्र वितरण
नेपाल मदिरा व्यवसायी महासंघको १२ औ महाधिबेशन अन्तर्गत गत बैशाख ९ गते सम्पन्न निर्वाचनबाट नव निर्वाचित महासंघका पदाधिकारीहरुलाई निर्वाचित भएको प्रमाण पत्र वितरण गरिएको छ । निर्वाचन समितिले आयोजना गरेको एक विशेष समारोहमा नव निर्वाचित केन्द्रिय समितिका पदाधिकारीहरु र प्रदेश कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचित भएको प्रमाण पत्र प्रदान गरिएको हो ।

मुख्य निर्वाचन अधिकृत अधिवक्ता सुदिप नेपाल र निर्वाचन अधिकृत अधिवक्ता दिनेश खड्काले नव निर्वाचित पदाधिकारीहरुलाई उक्त प्रमाण पत्र प्रदान गर्नु भएको हो ।

कार्यक्रममा महासंघका पुर्व पदाधिकारीहरु, सल्लाहकारहरु, मदिरा संघ काठमान्डौ, ललितपुर, भक्तपुर र काभ्रे जिल्लाका अध्यक्ष लगायतका पदाधिकारी र मदिरा व्यवसायीहरु समेतको सहभागिता रहेको थियो ।
कार्यक्रममा महासंघका पुर्व पदाधिकारीहरु, सल्लाहकारहरु, मदिरा संघ काठमान्डौ, ललितपुर, भक्तपुरका जिल्ला अध्यक्षहरुले नवनिर्वाचित पदाधिकारीहरुलाइ बधाई तथा शुभकामना मन्तव्य ब्यक्त गर्नु भएकाे थियो उक्त कार्यक्रमको संचालन महासंघका महासचिव गोविन्द प्रसाद बरालले गर्नु भएको थियो ।


