मदिरा व्यवसायी जिल्ला संघहरुले नेपाल मदिरा व्यवसायी महासंघमा निर्वाचित पदाधिकारहिरुलाई शुभकामना तथा सम्मान कार्यक्रमहरुको आयोजना गरेका छन । लुम्वीनी र गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुले महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना तथा सम्मान कार्यक्रमको आयोजना गरेका हुन ।

रुपन्देहि, पाल्पा, स्याङ्गजा, कास्की लगायतका जिल्लाहरुले विषेश कार्यक्रमको आयोजना गरेर महासंघका पदाधिकारीहरुलाई सम्मान गरिएको हो । महासंघको निर्वाचन सम्पन्न भएपछि पहिलो पटक लुम्वीनी तथा गण्डकी प्रदेशको व्यवसायीक भ्रमणमा निस्कनुभएका महासंघका अध्यक्ष र महासचिव लगायतका पदाधिकारीहरुलाई सम्मान गरिएको महासंघले जनाएको छ ।
व्यवसायीहरुको अवस्था, महासंघको आगामी कार्ययोजना लगायतका विषयमा समेत छलफल गर्न अध्यक्ष सोनाम शेर्पाको नेतृत्वमा महासंघको टोलि जिल्ला भ्रमणमा रहेको छ । भ्रमण टोलीमा महासंघका महासचिव गोविन्द बराल, प्रदेश पदाधिकारीहरु र लुम्वीनी र गण्डकी प्रदेशबाट केन्द्रिय कार्यसमितिमा निर्वाचित पदाधिकारीहरु समेत रहनुभएको छ ।

महासंघका नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष सोनाम शेर्पाले महासंघ व्यवसायीहरुको व्यवसायीक सुरक्षाका लागि निरन्तर लागिरहेको वताउदै मदिरा व्यवसायलाई सन्तुलित वनाउन मदिरा कम्पनी, वितरकहरु र रिटेलरहरु विचमा सहकार्य भई एकले अर्काको समस्याहरु समधान गर्न पहल गर्नुपर्ने बताउनु भयो ।
व्यवसायीहरुका समस्याहरुको समधान गर्न तत्काल लागु हुनेगरि वितरक र होलसेल व्यवसायीहरुको मार्जिक कम्तीमा पनि ५ प्रतिशत र रिटेलरको मार्जिक १० प्रतिशत हुनुपर्ने बताउनु भयो । यसका लागि महासंघले सबै पक्षसंग समन्वय गर्ने बताउनु भयो ।
अध्यक्ष शेर्पाले मदिरा व्यवसायीहरुले अनेकौं चुनौतिहरुको सामना गदै आउनु परेको बताउदै हामीले बजेट मार्फत मदिरा व्यवसायीहरुका चुनौति र समस्याको समधान गर्न सरकारसंग बारम्वार पहल गरेपनि राज्यका निकायहरुबाट ब्यववसायीहरुका मागहरुको सुनुवाई नभएको बताउनु भयो ।

उहाँले महासंघले आ.व.२०८०/०८१ को बजेट मार्फत मदिरा व्यवसायलाई प्रर्वद्धन गरि आत्म सम्मानका साथ व्यवसाय संचालन गर्न अर्थमन्त्रि मार्फत नेपाल सरकारसंग मदिरा तथा मदिराजन्य बस्तुहरुमा प्रत्येक वर्ष बृद्धि हुने अन्तःशुल्कलाई खारेज गरि अन्य व्यवसाय जस्तै कारोवारमा आधारित कर प्रणाली लागु गर्नु पर्ने, स्टाटअर्फ व्यवसाय संचालनमा प्रदान गरिने सौलियत कर्जा र अन्य सुविधाहरु मदिरा तथा मदिराजन्य व्यवसाय समेतलाई समाबेश गरि स्वदेशी मदिरा व्यवसायलाई प्रर्वद्धन गर्नु पर्ने, घरेलु र अबैध मदिरा कारोबारलाई पुर्ण प्रतिवन्ध गरि कडा कानुनी कारवाहिको व्यवस्था गर्नु पर्ने,.अन्य व्यवसायमा जस्तै मदिरा तथा मदिराजन्य व्यवसाय संचालनमा हुने कारोबारलाई छुट तथा सौलियत प्रदान गर्नु पर्ने, नेपालमा उत्पादित मदिरामा लाग्ने अन्तःशुल्क घटाए स्वदेशी मदिरा प्रर्वद्धन गर्नु पर्ने र नेपाली मदिरा निर्यात गर्ने, मदिरा कम्पनीहरुका लागि विषेश कर छुटको व्यवस्था गर्नुपर्ने, राजस्व अनुसन्धान वा व्यवसाय अनुगमनका नाममा व्यवसायीहरु माथी धरपकट गर्ने, व्यवसायीक पसल शिल गर्ने वा बन्द गर्ने कार्य तत्काल रोगथाम गरि आत्मसम्मानका साथ व्यवसाय संचालन गर्न सक्ने बातावरण तयार गर्नु पर्ने र राजस्व अनुसन्धान वा व्यवसाय अनुगमनका क्रममा कुनै व्यवसायीक त्रुटि देखिएमा सम्वन्धीत कार्यालयमा बोलाएर सचेत बनाउनु पर्ने वा कानुनी प्रकृया अपनाउनु पर्ने, कर शिक्षा, व्यवसायीक सचेतना, व्यवसाय संचालन तथा प्रर्वद्धन सम्वन्धी विभिन्न कार्यक्रमहरु संचालन गरि व्यवसायीक क्षमता विकासका विभिन्न कार्यक्रमहरु संचालन गर्नुपर्ने लगायतका मागहरु राखिएको भएपनि बजेटमा व्यवसायीहरुका मागहरु समाबेश नहुनु दुखद भएको बताउनु भयो ।

महासंघका अध्यक्ष शेर्पाले व्यवसायीहरुमा कुनै गुनासो आउना साथ हामी सम्वन्धीत निकायहरुमा पुगेर छलफल गदै आएको बताउदै कर कार्यालयले व्यवसायीहरुका पसलहरु शिल गर्न लाग्यो भन्ने जानकारी पाएपछि राजस्व विभागमा गएर छलफल गरि समस्या समधानको पहल गरिएको बताउनु भयो ।
देशको आर्थिक उदावचढावका कारण व्यवसायीक क्षेत्र प्रभावित हुदै आएकाले दिगो व्यवसायीक विकासका लागि नयाँ योजनाका साथ व्यवसाय संचालन गर्नुपर्ने महासंघका महासचिव गोविन्द्र प्रसाद वरालले बताउनु भयो । उहाँले महासंघले आगामी कार्यकालमा यसका लागि थप पहल गर्ने पनि बताउनु भयो । महासंघले पूर्वाधार विकास गरिसकेकाले आगामी दिनमा व्यवसायीक विकास र संस्थागत सुधारमा काम गरिने र यसका लागि जिल्ला संघ र प्रदेशसंघहरुसंग सहकार्य गरिने बताउनु भयो ।
महासंघको टोलीलाई विभिन्न जिल्ला संघहरु र पाल्पा उद्योग वाणिज्य संघले समेत स्वागत तथा सम्मान गरेको छ । अध्यक्ष सोनाम शेर्पा र महासचिव गोविन्द प्रसाद बराल भोली काठमान्डौ फर्कनुहुने कार्यसुची रहेको महासंघले जनाएको छ ।

