महासंघका अध्यक्ष शेर्पा र सगरमाथाको सफल आरोही शेर्पा सम्मानित

रामेछाप शेर्पा किदुगको लोगो सहितको व्यानर सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराउने पासाङ शेर्पा र नेपाल मदिरा व्यवसाय महासंघको अध्यक्ष सोनाम शेर्पालाई आज किदुगले विशेषा कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ ।

किदुगका अध्यक्ष ल्हाक्पा तेन्जी शेर्पा लगायत किदुग टिमले पाँचौ पटक सगरमाथाको सफल आरोहण गरि फर्केका पासाङ शेर्पा र दोस्रो कार्यकाल निर्वाचित नेपाल मदिरा व्यवसाय महासंघका अध्यक्ष सोनाम शेर्पालाई एक साथ सम्मान गरिएको हो ।

सम्मान गर्दै किदुग परिवारले सर्वोच्च शिखर सगरमाथाको सफल आरोही र नेपाल मदिरा व्यवसाय महासंघका अध्यक्ष शेर्पालाई हार्दिक बधाई दिँदै आगामी दिनमा पनि यसै प्रकारले शेर्पा समुदाय र राष्ट्र गौरव स्थापना गर्ने कार्यमा सफलता प्राप्तिका लागि शुभकामना व्यक्त गरे ।

किदुगले रामेछाप भित्रका शेर्पाहरूलाई जटिल खालका रोग लागेमा स्वास्थ्य उपचारमा आर्थिक सहयोग गर्नुको साथै शेर्पा समुदाय र संस्थाको हितका निम्ति काम गर्ने बरिस्ठ व्यक्तिहरूलाई सम्मान गर्दै आएका छन् ।

मदिरा महासंघका अध्यक्ष शेर्पाले व्यवसायीक क्षेत्रमा महत्वपुर्ण योगदान गर्दै आउनु भएको छ ।

Share This On:

Leave a Reply