नेपाल मदिरा व्यवसायी महासंघ वाग्मती प्रदेशको पहिलो प्रादेशिक बैठक नुवाकोटको विदुरमा सम्पन्न भएको छ । महासंघ वागमति प्रदेशले प्रदेश अन्तर्गत पर्ने मदिरा व्यवसायी जिल्ला संघको सहभागितामा प्रादेशिक बैठक सम्पन्न गरेको हो ।

महासंघ बागमति प्रदेशका अध्यक्ष हरि प्रसाद दाहालको अध्यक्षतामा सम्पन्न भएको प्रादेशिक बैठकले मिडिया संचालन कार्यविधि(निर्देशिका) २०८०, नेपाल मदिरा व्यवसायी महासंघ, बागमति प्रदेश कार्यसमितिको बैठक संचालन कार्यविधी (निर्देशिका) २०८० र उत्कृष्ट मदिरा व्यवसायी जिल्ला संघ छनोट सम्वन्धी कार्यविधी(निर्देशिका)२०८० समेत पारित गरेको छ ।
बैठकले अध्यक्ष दाहालले प्रस्तुत गर्नुभएको आ.व.२०८०/०८१ को वार्षिक कार्ययोजना अनुमोदन गरेको छ भने बागमति प्रदेशमा गठन हुन बाँकि रहेका मदिरा व्यवसायी जिल्ला संघको तदर्थ समिति गठन गर्न आवश्यक पहल गर्ने निर्णय गरेको छ ।
मदिरा व्यवसायी संघ नुवाकोटको व्यवस्थापनमा नुवाकोट जिल्लाको विदुरमा असार १ र २ गते आयोजना गरिएको प्रादेशिक बैठकमा मदिरा व्यवसायी संघ नुवाकोट, काठमान्डौ, ललितपुर, भक्तपुर, काभ्रे, धादिङ जिल्लाका अध्यक्ष र व्यवसायीक प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
बैठकमा नेपाल मदिरा व्यवसायी महासंघका सहकोषाध्यक्ष राजु लामा तामाङ्ग, केन्द्रिय सदस्यहरु सुर्य प्रसाद अर्याल, श्यामकृष्ण प्रजापति लगायतले महासंघ र प्रदेश कार्यसमितिको सहकार्यमा व्यवसायीक सुधारका प्रयासहरु गर्नुपर्ने बताउनु भयो ।
बैठकले व्यवसायीक क्षेत्रमा देखिएको चरम संकटका कारणले मदिरा व्यवसाय धरासयी भएकाले यो संकट समधान गर्न र व्यवसायीक विकासका लागि बागमति प्रदेशको समन्वयमा पहल खोज्नु पर्ने वताएका छन ।

व्यवसायी विकासका लागि सर्बप्रथम मदिरा व्यवसायीहरु इमान्दारीताका साथ व्यवासायीक मर्यादा कायम गरेर व्यवसाय संचालन गर्नुपर्ने जिल्ला अध्यक्षहरुको धारणा रहेको छ । संस्थागत कार्यक्रमहरु संचालन गर्न र व्यवसायीक क्षमता विकासका लागि आवश्यक पर्ने आर्थिक व्यवस्थापनका लागि नेपाल मदिरा व्यवसायी महासंघको नेतृत्वमा प्रदेश र जिल्ला संघहरुले साझा योजना वनाउनुपर्ने माग मदिरा व्यवसायी संघका जिल्ला अध्यक्षहरुले गरेका छन ।

बैठकमा मदिरा व्यवसायी संघ काठमान्डौका अध्यक्ष राजन के.सी.ले जिल्ला संघका कार्यक्रमहरुमा वागमति प्रदेशले नेतृत्वदायी भुमिका निर्वाह गर्न अनुरोध गदै वागमति प्रदेशको पहिलो वैठक ऐतिहासिक रुपमा सम्पन्न भएको वताउनु भयो । अध्यक्ष के.सी.ले वागमति प्रदेशका हरेक कार्यक्रमहरुमा काठमान्डौ संघले सहकार्य गर्ने वताउनु भयो ।

बैठकमा ललितपुर जिल्ला अध्यक्ष उपेन्द्र लाखेले दिगो संस्थागत विकासका लागि आर्थिक व्यवस्थापन जरुरी भएकाले यसका लागि वागमति प्रदेशको समन्वयमा दिगो संस्थागत विकासका लागि आर्थिक व्यवस्थापन योजना बनाउन आवश्यक रहेको वताउनु भयो । अध्यक्ष लाखेले सुरुमा प्रदेश संरचना आवश्यकता जस्तो लागेको थिएन तर वर्तमान वागमति प्रदेशको कार्यशैली हेर्दा मदिरा महासंघमा प्रदेश संरचना आवश्यक रहेको वताउनु भयो उहाँले प्रदेश कार्यसमिति गठन भएको छोटो समयमै महत्वपुर्ण कामहरुको सूरुवात भएको वताउदै यसको निरन्तरता आवश्यक रहेको वताउनु भयो ।
मदिरा व्यवसायी संघ काभ्रेका अध्यक्ष कुवेर सापकोटाले व्यवसायीक क्षेत्रमा परेका आर्थिक संकटले गर्दा जिल्ला संघका गतिविधीहरु संचालन गर्न कठिनाई भएकाले व्यवसायीक क्षेत्रको सुधार गर्न इमान्दारीताका साथ व्यापार व्यवसाय संचालन गर्नुपर्ने वताउनु भयो । अध्यक्ष सापकोटाले व्यापारीहरुमा इमान्दारीता देखिएमा तत्कालका व्यवसायीक समस्याहरु समधान हुने वताउनु भयो । उहाँले पछिल्ला दिनमा वागमति प्रदेशले व्यवसायीक क्षेत्रको सुधारका लागि गरेका सुरुवातका प्रयासहरु सकारात्मक भएको वताउदै, यस्ता रचनात्मक कार्यहरुमा काभ्रे जिल्लाले सहयोग गर्ने वताउनु भयो । उहाँले वागमति प्रदेशका गतिविधीले व्यवसायीक क्षेत्रमा सुधार हुने विश्वास समेत व्यक्त गर्नु भयो ।
बैठकमा भक्तपुर जिल्लाका अध्यक्ष जीवन छुस्याकीले अहिलेको कार्यसमिति गठन भएको एक महिना भित्र व्यवसायीक सुधारका लागी महत्वपुर्ण कामहरुको सुरुवात भएको वताउनु भयो । उहाँले अव बागमति प्रदेशले व्यवसायीक नेतृत्व विकासका लागि समेत काम गर्नुपर्ने वताउनु भयो ।

मदिरा व्यवसायी संघ धादिङका अध्यक्ष विदुर कडेलले ठुला व्यवसायीहरु इमान्दार नहुदाँ अहिलेको व्यवसायीक समस्या आएको वताउदै व्यवसायीक सुधारका लागि नेपाल मदिरा व्यवसायी महासंघले नेतृत्वदायी भुमिका खेल्नुपर्ने वताउदै व्यवसायीक सुधारका लागि महासंघ, प्रदेश र जिल्ला संघ विच समन्वय आवश्यक रहेको वताउनु भयो ।
प्रादेशिक बैठकको व्यवस्थापन गर्ने मदिरा व्यवसायी संघ नुवाकोटका अध्यक्ष राजु बोगटिले मदिरा व्यवसायी महासंघ बागमति प्रदेशको पहिलो ऐतिहासिक प्रादेशिक बैठकको आयोजना नुवाकोटमा गर्न पाउदाँ निकै खुसि लागेको वताउदै सबै जिल्लाको सहकार्यवाट मात्र व्यवसायीक समस्याहरु समधान हुने वताउनु भयो । अध्यक्ष बोगटिले जिल्ला संघहरुको एकताका लागि वागमति प्रदेशले सुरु गरेका कामहरु रचनात्मक भएको वताउदै उहाँले आगामी दिनहरुमा पनि नेपाल मदिरा व्यवसायी महासंघको बैठक समेतको आयोजना नुवाकोटमा गर्न इच्छुक रहेको समेत वताउनु भयो ।
बैठक समापन गदै वागमति प्रदेश कार्यसमितिका अध्यक्ष हरि प्रसाद दाहालले वागमति प्रदेश भित्र पर्ने सबै मदिरा व्यवसायीहरुसंग समन्वय गरेर यस प्रदेशको व्यवसायीक सुधारका लागि पहल गर्ने वताउदै मदिरा व्यवसायीहरुको हक, हित र अधिकारका लागि त्रैमासिक बुलेटिन प्रकाशन, व्यवसायीक नेतृत्व विकास तालिम लगायत विभिन्न सामाजिक कार्यक्रमहरु संचालन गरिने वताउनु भयो ।
अध्यक्ष दाहालले पहिलो प्रादेशिक बैठकमा सक्रिय सहभागिताका लागि महासंघका प्रतिनिधीहरु र जिल्ला संघका अध्यक्षहरु प्रति आभार व्यक्त गदै निरन्तर सहकार्य र समन्वय गर्ने वताउनु भयो । वागमति प्रदेश सचिव सुरोज खिमु श्रेष्ठले संचालन गर्नु भएको बैठकमा कार्यसमितिका उपाध्यक्ष भरत वहादुर थापा मगर, कोषाध्यक्ष सरस्वति वाँनिया, सदस्य कृष्णलाल श्रेष्ठ लगायतले धारणा राख्नु भएको थियो । आगाामी बैठक मदिरा व्यवसायी संघ ललितपुरको व्यवस्थापनमा असोजको पहिलो हप्ता ललितपुर जिल्लामा आयोजना हुने वताईएको छ ।

