व्यापार घाटा कम गर्न नेपालबाट मदिरा निर्यातलाई बढाउनु पर्ने – अर्थमन्त्री डा.महत
मदिरा व्यवसायी संघ, ललितपुरको आंठौ साधारण सभा तथा चौथो अधिबेशन शनिवार ललितपुरमा सम्पन्न भएको छ । साधारण सभा तथा अधिबेशनमा प्रमुख अतिथि अर्थ मन्त्री डा. प्रकाशसरण महतले नेपालको अर्थतन्त्रको दिगो विकास गर्न उद्योगी, व्यवसायहरुको महत्वपुर्ण भुमिका रहने बताउदै नेपाली मदिराहरु विश्व वजारमा प्रतिस्पर्धी गर्न सक्षम रहेको बताउनु भयो । उद्योग व्यवसायको प्रर्वद्धन विना अर्थतन्त्र वलियो नहुने भएकाले सरकार उद्योगी र व्यवसायीहरुको पर्वद्धन गर्ने दिशामा केन्द्रित रहने वताउनु भयो ।

आ.व.२०८०/०८१ वजेटमा उद्योग व्यवसायीहरुका लागि विभिन्न सहुलियतका कार्यक्रमहरु घोषणा गरिएको अर्थ मन्त्री महतको भनाई रहेको थियो । नेपालमा मदिरा संस्कार संस्कृति संग जोडिएकाले मदिराको विकास समुदाय अनुसार फरक फरक रहेको वताउनु भयो । उहाँले व्यापार घाटा कम गर्न नेपालबाट मदिरा निर्यातलाई बढाउनु पर्ने र मदिरा उत्पाद, वितरण र निर्यातमा भएका चुनौतिहरुको समधान गर्न सरकार सधै प्रतिवद्ध रहने वताउनु भयो । मन्त्री महतले समग्र अर्थतन्त्र चलायमान गर्न उद्योग व्यावसाय गतिशिल हुनुपर्ने भएकाले मदिरा उद्योग र व्यापार चलायमान भएपछि मात्र देशको अर्थतन्त्र लाई समेत चलायमान वनाउन योगदान हुने वताउनु भयो ।

विश्व बजारमा नेपाली मदिराको माग बढाउन नेपाली मदिरा उद्योगहरुले गुनस्तरमा ध्यान दिनुपर्ने मन्त्री महतको भनाई थियो । सरकार नेपाली उत्पादनलाई प्रर्वद्धन गर्ने कार्यका लागि व्यवसायीहरुसंग सहकार्य गदै आएको र आगामी दिनहरुमा समेत थप सहकार्य गरि दिगो आर्थिक विकासलाई प्रोत्साहन गरिने समेत वताउनु भयो ।

मदिरा व्यावसायहरुका समस्याहरु वारे जानकार रहेको भन्दै मन्त्री महतले मदिरा व्यवसायीहरुले यस अधि राखेका धैरे मागहरु आगामी वजेटमा समाबेश गरिएको र अन्य मागहरु पनि व्यवसायीहरु संग सहकार्य गरेर समधान गरिने बताउनु भयो । व्यवसायीहरु प्रत्यक्ष आर्थिक गतिविधीहरुमा जोडिने भएकाले आर्थिक विकास विना देशको विकास गर्न नसकिने भन्दै उहाँले मदिरा व्यवसायलाई मर्यादित र आत्म सम्मान अभिबृद्धि गर्न सरकारीतहबाट थप पहल गरिने बताउनु भयो ।
धैरे बोल्ने भन्दा पनि हामी काम गरेर देखाउछाै - अध्यक्ष शेर्पा
उक्त साधारण सभाका विषेश अतिथि नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष सोनाम शेर्पाले मदिरा व्यवसायीहरुका समस्याहरुका सम्वन्धमा महासंघ निरन्तर राज्यका निकायहरुसंग सहकार्य गदै आएको र आगामी दिनहरुमा समेत थप सहकार्य गरिने वताउदै मदिरा व्यवसायीहरुका समस्याहरुको दिगो समधान गर्न सर्बप्रथम मदिरा संघहरु बलियो हुनुपर्ने वताउनु भयो । व्यवसायी क्षेत्रमा टिक्न इमान्दारीता आवश्यक पर्ने भएकाले व्यवसायीहरुका समस्याहरु समधान गर्न सबै व्यवसायीहरुले इमान्दारीताका साथ व्यापार व्यवसायमा लाग्नु पर्ने बताउनु भयो ।

महासंघको हालै सम्पन्न निर्वाचनबाट आफु दोस्रो कार्यकालका लागि निर्वाचित भएको बताउदै अध्यक्ष शेर्पाले व्यवसायीहरुको माया र मागका कारण आफु पुनः निर्वाचित भएको बताउनु भयो । उहाँले सबै पक्षहरुसंग सहकार्य गरी मदिरा व्यवसायको दिगो विकासका लागि सक्रियताका साथ लाग्ने वताउनु भयो ।
अध्यक्ष शेर्पाले धैरे बोल्ने भन्दा पनि काम गरेर देखाउनु पर्ने बताउदै आफुले काम गरेर देखाउने बताउनु भयो । अधिल्लो कार्यकालमा महासंघको भवन निर्माण भई दिगो संस्थागत विकासका लागि सुरुवात गरिएको वताउदै उहाँले आफ्नो कार्यकालमा महासंघको उचाई बढेको वताउनु भयो । शेर्पाको अधिल्लो कार्यकालमा महासंघको भवन निर्माण सम्पन्न भएको थियो भने मदिरा व्यवसायीहरुका समस्याहरु आमसंचार माध्ययमका मार्फत पैरवी गर्न अनलाई मिडियाको स्थापना गरिएको थियो ।
यस्तै व्यवसायीक क्षेत्रमा उत्पन्न कानुनी जटिलताको समधान गर्न २ जना कानुन व्यवसायीहरुको व्यवस्थापन गरिएको थियो । विभिन्न जिल्लामा मदिरा व्यवसाय वन्द गर्न गरिएको गैरकानुनी निर्णयका विरुद्ध महासंघको सहायतामा कानुनी उपचारका लागि अदालत मार्फत मदिरा व्यवसाय संचालन गर्न पाउने गरि स्थानीय तहका गैरकानुनी निर्णयहरु खारेज गराईएको थियो ।
व्यवसायीहरुको हक, हित र अधिकारका लागि महासंघ सबै पक्षहरुसंग सहकार्य गर्छौ – महासचिव बराल
कार्यक्रमका विशिष्ट अतिथि नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रिय महासचिव गोविन्द प्रसाद वरालले मदिराजन्यवस्तुको मुल्य बृद्धि भएपछि मदिरा प्रयोगमा कमी आउछ भन्ने गलत सोचाईका कारण वर्षेनि नेपालमा मदिराजन्य वस्तुहरुमा अन्तशुल्क बृद्धि गरि मदिराको मुल्य बृद्धि गराईने भएकाले नेपाली मदिरा विश्व वजारमा प्रतिस्पर्धा गर्न नसकेको वताउनु भयो ।

महासचिव वरालले यस वजेट घोषण हुनुपूर्व महासंघले मदिरा व्यवसायीहरुको समस्याहरुका बारे अर्थमन्त्री ज्यूलाई भेटघाट गरि व्यवसायीहरुका सवालमा छलफल गरिएको वताउदै महासंघ राज्यका सबै निकायहरुसंग सहकार्य गरेर व्यवसायीहरुको हितका लागि काम गर्ने बताउनु भयो । मदिरा व्यवसायीहरुका सवालहरुका सम्वन्धमा महासंघको नेतृत्वमा समय समयमा विभिन्न छलफलहरु भएका छन आगामी दिनमा समेत व्यवसायीहरुको हक, हित र अधिकारका लागि महासंघ सबै पक्षहरुसंग सहकार्य गरेर अगाडि वढ्ने बताउनु भयो ।
महासचिव बरालले महासंघको निरन्तरको पहलबाट व्यवसायीक सुधारका कामहरु भएपनि वर्तमान आर्थिक संकटले व्यवसायहरु पलायन हुने अवस्थामा पुगेकाले राज्यले सहुँलियतपुर्ण कर्जा, राजस्व छुट लगायतका व्यवासायीक प्रर्वद्धनका कार्यक्रमहरु संचालन गरिनु पर्ने वताउनु भयो । मदिरा उद्योगका लागि कच्चा पर्दाथ, बैक व्याज, व्यवसायीक मर्यादा लगायतका लागि व्यवसायीहरुले एकताबद्ध भएर दवाद दिनुपर्ने समेत उहाँले बताउनु भयो ।

नेपाल मदिरा व्यवसायी महासंघका पूर्व अध्यक्ष तथा सल्लाहकार राम श्रेष्ठले नेपाली मदिरा उत्पादनका लागत कम गर्न राज्यले विषेश सहुलियत दिनुपर्ने बताउदै राज्यका निकायहरु नेपाली उद्योगहरुको संरक्षणमा लाग्नु पर्ने वताउदै व्यापार घाटा कम गर्न नेपाली उत्पादनलाई प्रोत्साहन गरि निर्यातमुखि उत्पादन गर्नुपर्ने बताउनु भयो । अर्थमन्त्रीले व्यवसायीहरुका लागि गर्नुभएका प्रतिवद्धताहरु कार्यन्वयन हुनुपर्नेमा पनि उहाँले जोड दिनु भयो ।
नेपाली मदिरा उद्योगका लागी स्थानीय कर्चा पदार्थको प्रयोग गर्न प्रोत्साहन गर्नुपर्ने – प्रदेश अध्यक्ष दाहाल
कार्यक्रममा मदिरा व्यवसायी महासंघ वागमति प्रदेशका अध्यक्ष हरि प्रसाद दाहालले नेपाली मदिरा उद्योगका लागी स्थानीय कर्चा पदार्थको प्रयोग गर्न प्रोत्साहन गर्नुपर्नेमा राज्यले कर्चा पदार्थ आयात गर्दा कम राजस्व तिर्नुपर्ने र स्थानीय कच्चा पदार्थ प्रयोग गरि मदिरा उत्पादन गर्दा धेरै राजस्व बुझाउनु पर्ने ब्यवस्था अव्यवहारिक भएको वताउदै वाईन उद्योगका लागि नेपालमा उत्पादन हुने स्याउ, सुन्तला, नास्पाति लगायतका फलफुलहरुको प्रयोग गरि कृषि उत्पादनलाई समेत प्रर्वद्धन गर्न सकिने वताउनु भयो । उहाले नेपाल मदिरा व्यवसायी महासंघको सहकार्यमा मदिरा व्यवसायीहरुको हक, हित र अधिकारका लागि निरन्तर लाग्ने प्रतिवद्धता गर्नु भयो ।
वागमति प्रदेश सभा सदस्य प्रेमभक्त महर्जनले व्यवसायीहरु राज्यका प्रमुख आर्थिक स्रोत भएकाले व्यवसायीहरुलाई राज्यले उचित सम्मान गर्नुपर्ने बताउदै व्यवसायीहरुले राज्यवाट पाउनुपर्ने सेवा र सम्मानका लागि पहल गर्ने बताउनु भयो । अहिले प्रदेश सभामा वजेट निर्माणका क्रममा विषयगत छलफल भैरेहकाले व्यवसायीहरुका समस्याहरु प्रदेश सभामा छलफल गर्ने समेत बताउनु भयो ।

मदिरा व्यवसायी संघ काठमान्डौका अध्यक्ष राजन के.सी.ले चरम आर्थिक संकटले ब्यवसायी क्षेत्र धरासयी भएकाले व्यवसायीक विकासका लागि एकताबद्ध भएर पहल गर्नुपर्ने अवस्था आएको बताउनु भयो । नेपाल मदिरा व्यवसायी महासंघको नेतृत्वमा वर्तमान अवस्थामा देखिएका समस्याहरु समधान गर्न सकिने उहाँको भनाई थियो ।
कार्यक्रममा नेपाल मदिरा व्यवसायी महासंघका सहकोषाध्यक्ष राजु लामा तामाङ, उद्योग वाणिज्य संघ ललितपुरका सचिव रुपकमान महर्जन, मदिरा व्यवसायी संघ भक्तपुरका अध्यक्ष जीवन छुस्याकी, काभ्रेका अध्यक्ष कुवेर सापकोटा, उपभोक्ता हित संरक्षण मञ्चका प्रेमलाल महर्जन लगायत ललितपुर जिल्लाका विभिन्न वस्तुगत संघ संगठनहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

मदिरा व्यवसायी संघका महासचिव हरि प्रसाद अधिकारीको स्वागत मन्तव्य र संघका अध्यक्ष उपेन्द्र लाखेको अध्यक्षतामा कार्यक्रमम सम्पन्न भएको हो । कार्यक्रम समापन गदै अध्यक्ष लाखेले सबैको सहकार्यमा मदिरा व्यवसायीहरुका समस्याहरु समधान गर्न सकिने वताउनु भयो ।

