मदिरा व्यवसायी संघ ललितपुरको आंठौ साधारण सभा तथा चौथो अधिबेशनबाट उपेन्द्र लाखेको अध्यक्षताका नयाँ कार्यसमिति गठन गरिएको छ । शनीवार ललितपुरमा सम्पन्न साधारण सभा तथा अधिबेशनवाट नयाँ कार्यसमिति गठन गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा अर्थमन्त्री डा.प्रकाशसरण महत, विषेश अतिथिका रुपमा नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पा, महासचिव गोविन्द प्रसाद बराल, महासंघ बागमति प्रदेश अध्यक्ष हरिप्रसाद दाहाल लगायतले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

निविरोध निर्वाचित पदाधिकारीहरु
अध्यक्ष : उपेन्द्र लाखे
वरिष्ठ उपाध्यक्ष : योगेश प्रधान
उपाध्यक्ष : हरि प्रसाद अधिकारी
महासचिव : कवी राज श्रेष्ठ
कोषाध्यक्ष : तेजेन्द्र गोपाल श्रेष्ठ
सचिव : केशव सिंह विष्ट
सहकोषाध्यक्ष : दिपिका वस्नेत
सदस्यहरुमा : लब्ली सिंताङ्ग, रमेश शाक्य, चुमन राज श्रेष्ठ, किशोर कुमार रोक्का, मिर सुन्दर श्रेष्ठ, नारायण श्रेष्ठ, डिशन श्रेष्ठ, पविन महर्जन, शेखर थापा निर्वरोध निर्वाचित हुनु भएको छ ।


