नेपाल मदिरा व्यवसायी महासंघले अबैध मदिरा कारोवार रोकथामका लागि विषेश पहल गर्न सरकारसंग आग्रह गरेको छ । अबैध कारोवारले कानुन बमोजिम मदिराको कारोवार गर्ने व्यवसायीहरु र उपभोक्ता समेत मर्का पर्ने भएकाले अवैध मदिराको कारोवार रोक्नुपर्ने बताएको छ ।
महासंघका अध्यक्ष सोनाम शेर्पाले अबैध मदिरा कारोवारले नेपाली मदिरा व्यवसायीहरुमा निराशा छाएकाले अबैधरुपमा कारोवार हुने मदिरा रोकथाम हुनुपर्ने बताउनु भएको हो । अध्यक्ष शेर्पाले कानुन बमोजिम संचालनमा रहेका मदिरा व्यवसायीहरु र अवैध कारोवार गर्नेहरु विच प्रतिस्पर्धा हुन नसक्ने वताउदै अवैध कारोवारले व्यवसायी र उपभोक्ता दुबैका लागि राम्रो नहुने उहाँको भनाई रहेको छ ।
अबैध मदिरा कारोवारले एकातिर राज्यको राजस्व गुमेको छ भने अर्को तर्फ नेपाली मदिरा कारोवारमा गिरावट आएको छ । महासंघले सिमा क्षेत्रमा हुने गैरकानुनी मदिराको कारोवारले व्यवसायीहरु प्रभावित भएकाले सरकारले गैरकानुनी मदिरा कारोवारको रोकथाम गर्न विषेश पहल गर्नुपर्नेे माग रहेको छ ।
अहिले काठमान्डौ उपत्यका लगायत देशका मुख्य शहरहरुमा संचालनमा रहेका विभिन्न स्टार होटेलहरुमा अबैध मदिराको कारोबार हुने गरेकोले यस्ता गैरकानुनी कारोवार रोकथाम गर्न कडा अनुगमन गरि दोषिलाई हदै सम्मको कारवाहि गर्नुपर्ने माग मदिरा व्यवसायीहरुको छ ।
काठमान्डौ उपत्यकामा रहेका ठुला होटेलहरु र पाटिप्यालेसहरुमा समेत भारतबाट अवैध रुपमा मदिरा आयात हुनसक्ने सम्भावना रहेको व्यावसायिहरुको भनाई छ । समय समयमा उपत्यकाबाट प्रहरीले ठुलो मात्रामा अबैध मदिरा बरामत गर्दै आएको छ । यस्ता अवैध मदिराको रोकथाम गर्न राजस्व विभाग र प्रहरीले कडाईका साथ अनुगमन गर्नुपर्ने महासंघको आग्रह छ ।
केहि दिन अधि भैरहवा लगायतका सिमा क्षेत्रमा भारतबाट भन्सार छलि आएको मदिराहरुको अबैध मदिराको प्रयोग भएकोमा गम्भिर ध्यानार्कषण भएको भन्दै गैरकानुनी रुपमा कारोवार हुने अबैध मदिरा नियन्त्रण गर्न र यस्ता गैरकानुनी कार्य गर्ने लाई काडा कारवाहि गर्न सरकारसंग माग समेत गरेको छ ।

भैरहवा मा रहेको होटल पौवा बाट भन्सार छली ल्याएको भारतबाट आयात गरिएको मदिरा र मदिरा प्रयोग भैसकेका खाली बोटलहरु समेत आन्तरिक राजश्व कार्यालय भैरहवाले बरामद गरेको छ । होटल पौवामा असार ८ गते एउटा विवाह पार्टीमा उक्त अबैध मदिरा प्रयोग भएको सुुचना आन्तरिक राजश्व कार्यालयलाई प्राप्त भएपछि मदिरा र मदिराका खाली बोत्तल अनुुसन्धानका लागी नियन्त्रणमा लिएको कार्यालय प्रमुख शान्ती राम निरौलाले बताउनु भएको छ ।
आन्तरिक राजश्व कार्यालयले उक्त पार्टीमा प्रयोग भएको ५८ बोत्तल रेड लेबल र १० बोत्तल एब्सुुलेट भोडका को खाली बोत्तल अनुुसन्धानका लागी असार १० गते नियन्त्रणमा लिएको जनाएको छ । उक्त अबैध मदिरा नेपाल भारत सिमावर्ती बजारबाट चोरी पैठारी गरी ल्याइएकोले पाटिमा प्रयोग भएको थियो । थप अनुसन्धान गरि कानुनी कारबाहिका लागि अवैध मदिराका खाली बोत्तल बरामत गरिएको राजश्व अनुुसन्धान कार्यालयले भैरहवाले जनाएको छ । नेपाल मदिरा व्यवसायी महासंघले अवैध मदिरा कारोवार निन्त्रण गर्न विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुसंग सहकार्य गदै आएको छ ।

