नेपाल मदिरा व्यवसायी महासंघको शुक्रवार (श्रावन १२) बसेको कार्यसमितिको बैठकले पदाधिकारी तथा सल्लाहकार नियुक्त गरेको छ । गत बैशाखमा सम्पन्न महासंघको महाधिबेशनबाट निर्वाचित पदाधिकारी बैठकले रिक्त रहेका विभिन्न पदहरुमा मनोनित गरिएको महासंघका अध्यक्ष सोनाम शेर्पाले जानकारी दिनुभयो ।

बैठकले महासंघको उपाध्यक्ष पदमा मदन गौतम (काठमान्डौ), खडक बुढाथोकी (दाङ्ग), रुपक अर्याल (काठमान्डौ), अशोक पाण्डे (धनगडि), अन्शु बन्जारा (विराटनगर), सचिव पदमा शालीकराम कडेल (धादिङ) लाई मनोनित गरिएको हो ।
यस्तै केन्द्रिय सदस्य पदमा शकेश महर्जन (काठमान्डौ), नर वहादुर ओली (बर्दिया), कुवेर सापकोटा (काभ्रे), हरि प्रसाद पाण्डे (रुपन्देही), पुस्कर भाट (धनगडि), प्रितम गिरी (रुपन्देहि) लाई मनोनित गरिएको महासंघले जनाएको छ ।

महासंघको बैठकले सल्लाहकारहरु समेत नियुक्त गरेको छ । सल्लाहकारहरुमा राम श्रेष्ठ (काठमान्डौ), विष्णु कुमार श्रेष्ठ (काठमान्डौ), शन्तोष पाण्डे (काठमान्डौ), धर्म श्रेष्ठ (हेटौडा), अशोक अमात्य (लाहान), सुरेशमान श्रेष्ठ (विराटनगर), दिनेश सिटौला (विराटनगर), देवेन्द्र हमाल (धनगडि), गिरीराज पौड्ल (रुपन्देही), दिनेश श्रेष्ठ (रुपन्देही), निरु थापा (ललितपुर) लाई नियुक्त गरिएको छ ।

यस्तै महासंघको कानुनी सल्लाहकारमा अधिवक्ता सुदिप नेपाल (काठमान्डौ), प्रेस सल्लाहकारमा अधिवक्ता तथा पत्रकार दिनेश खड्का (काठमान्डौ) र उमाकान्त न्यौपाने (कालिकोट) लाई नियुक्त गरिएको महासंघका महासचिव गोविन्द प्रसाद बरालले जानकारी दिनु भयो ।
महासचिव बरालका अनुसार लेखापरिक्षकबाट कमल बराल (लमजुड), सि.ए बाट शौरव पन्त (काठमान्डौ) र आईटि बाट विधान गौतम (भैरहवा) लाई सल्लाहकारमा नियुक्त गरिएको हो ।
बैठकले पदाधिकारी तथा सल्लाहकारहरु नियुक्त गरेसंगै नेपाल मदिरा व्यवसायी महासंघको केन्द्रिय कार्यसमितिले पुर्णता पाएको छ । महासंघले आगामी असोज ६ गते वनभोज कार्यक्रमको आयोजना गर्ने निर्णय समेत गरेको छ ।

