महासंघको आयोजनामा बृहत वनभोज कार्यक्रम सम्पन्न

नेपाल मदिरा व्यवसायी महासंघको आयोजनामा शनीवार काठमान्डौमा बृहत वनभोज कार्यक्रम सम्पन्न भएको छ । देशैभरीका मदिरा व्यवसायीहरुको सहभागिता रहेको वनभोज कार्यक्रममा बर्तमान आर्थिक मन्दीका कारण व्यवसायीक क्षेत्रमा उत्पन्न समस्याका विषयमा समेत छलफल गरिएको थियो ।

महासंघका अध्यक्ष सोनाम शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अथिति प्रतिनिधि सभा सदस्य एंवम् लेखा समितिका सभापति शन्तोष चालिसेले आर्थिक मन्दीले व्यवसायीक क्षेत्रमा देखिएका समस्याहरुको समधानका लागि पहल सुरु गरिएको बताउनुहुदै अवको केहि दिन भित्र आर्थिक सुधार को अवस्था देखिने बताउनु भयो । उहाँले मदिरा व्यवसायीहरुका समस्याहरु बारे जानकार रहेको बताउदै व्यवसायीहरुको समस्या प्रति गमिभर भएर लाग्ने बताउनु भयो । राज्यलाई समृद्ध बनाउन व्यवसायीहरुको उल्लेख्य भुमिका रहने वताउदै सासंद चालिसेले मदिरा व्यवसायीहरुका समस्या समधान गर्न पहल गर्न पनि बताउनु भयो ।

कार्यक्रममा महासंघका अध्यक्ष सोनाम शेर्पाले आर्थिक मन्दीले व्यवसायीहरु पलायन हुने अवस्थामा पुग्ने अवस्था आएकाले राज्यले तत्तकाल सुधारका कार्यक्रमहरु संचालन गर्नुपर्ने बताउदै वयवसायीहरुका समस्या समधान गर्न संघिय सांसद तथा लेखा समितिका सभापति शन्तोषा चालिसे संग आग्रह गर्नु भयो । अध्यक्ष शेर्पाले महासंघको संस्थागत विकासका लागि आफ्नो कार्यकालमा धेरै विषयहरुमा सुधार भएको र आयोजित वनभोज कार्यक्रमबाट संकलन भएको रकमबाट नेपाल मदिरा व्यवसायी महासंघले आफ्नै भवनमा टेलिभिजन स्टुडियो निर्माण गरि व्यवसायीहरुका सवालहरु प्रशारण तथा प्रकाशन गरिने वताउनु भयो । अध्यक्ष शेर्पाको अधिल्लो कार्यकालमा महासंघले आफ्नै अनलाईन मिडिया स्थापना गरि हाल संचालनमा रहेको छ ।

कार्यक्रममा महासंघका सल्लाहकार राम श्रेष्ठले व्यवसायीक सुधारका लागि व्यवसायीहरुले इमान्दारीताका साथ व्यवसाय संचालन गर्नुपर्ने बताउनु भयो । व्यवसायीहरु इमान्दार भए सुधारका लागि राज्यलाई दवाद दिन सहज हुने बताउदै महासंघको पहलमा व्यवसायीक सुधारको थालनी भएको समेत बताउनु भयो । यस्तै कार्यक्रममा सल्लाहकार सन्तोष पान्डेले व्यवसायीहरु धेरै नाफा कमाउने मनसायले कम मार्जिममा काम गदै आएकाले व्यवसायीहरु धरासयी भएकाले सचेतताका साथ व्यवसाय संचालन गर्नुपर्ने बताउनु भयो ।


महासंघका उपाध्यक्ष खड्क बुढाथोकीले राज्यका निकायहरुबाट व्यवसायीक सुधारका लागि प्रतिवद्धता आउने तर कार्यन्वयन नहुने समस्या भएकाले प्रतिवद्धता अनुसार कार्यन्वयन हुनुपर्ने बताउदै बर्तमान अवस्थाकाे सुधारका लागि राज्यले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा महासंघ कोशी प्रदेशका अध्यक्ष नविन तामाङ्ग लगायतले व्यवसायीहरुका सवालहरुका वारेमा बोल्नु भएको थियो । कार्यक्रममा महासंघका नवनियुक्त पदाधिकारीहरु र सल्लाहकारहरु लाई प्रमाण पत्र वितरण गरिएको थियो भने वन भोज कार्यक्रममा सहयोग गर्ने कम्पनिहरुलाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा विविध सांगितक कार्यक्रम सहित विंग्रो समेत खेलाइएकोमा मदिरा व्यवसायी संघ काठमान्डौका महासचिव शुसिल खड्काले विंग्रो खेलमा सफल भई इलेक्टिक स्कुटर समेत प्राप्त गर्नु भएको थियो । उक्त बृहत वनभोज तथा व्यवसायीक छलफल कार्यक्रमको संचालन महासंघका महासचिव गोविन्द प्रसाद बरालले गर्नु भएको थियो ।

Share This On:

Leave a Reply