नेपाल मदिरा व्यवसायी महासंघ बागमति प्रदेश कार्यसमितिले मदिरा व्यवसायी संघ मोरङको भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ । शनिवार महासंघले आयोजना गरेका वृहत वनभोज तथा व्यवसायकि छलफल कार्यक्रमा भवन निर्माणका लागि बागमति प्रदेश अध्यक्ष हरि प्रसाद दाहालले आर्थिक सहयोगका लागि जम्वो चेक हस्तान्तरण गर्नु भयो ।

नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष सोनाम शेर्पा, कार्यक्रमका प्रमुख अथिति संघिय सांसद एबं संसदिय लेखा समितिका सभापति शन्तोष चालिसे लगायतको उपस्थितिमा उक्त चेक मदिरा व्यवसायी संघ मोरङलाई हस्तान्तरण गरिएको हो ।
प्रदेश कार्यसमितिसंग आर्थिक स्रोत नभएपनि जिल्ला संघहरुको संस्थागत विकासमा योगदान होस भनेर सहयोग गरिएको बागमति प्रदेश अध्यक्ष दाहालले बताउनु भयो । उहाँले प्रदेश कार्यसमितिले दिगो संस्थागत विकासका लागि जिल्ला संघहरुको आफ्नै भवन हुनु आवश्यक भएकाले सबैले आर्थिक सहयोग गर्नुपर्ने बताउनु भयो ।
मदिरा व्यवसायी संघ मोरङका अध्यक्ष तारा बहादुर बाँनिया र पूर्व अध्यक्ष तथा महासंघका केन्द्रिय उपाध्यक्ष अन्सु बन्जराले चेक ग्रहन गदै महासंघ बागमति प्रदेशले गरेको सहयोगले भवन निर्माणमा योगदान गर्ने र अरु संघ संस्थाहरुलाई सहयोग गर्न अभिप्रेरित गर्ने बताउनु भयो । जिल्ला अध्यक्ष बानियाँले बागमति प्रदेशले गरेको सहयोग प्रति आभार व्यक्त गर्नु भयो । उहाँले महासंघ अन्तरगतका सबै प्रदेश कार्यसमितिहरु, जिल्ला संघहरु मदिरा कम्पनिहरुबाट समेत उत्साहजन सहयोग भैरहेकाले समयमै भवन निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नु भयो ।
महासंघ बागमति प्रदेशले मदिरा व्यवसायी संघ मोरङको भवन निर्माणमा थप सहयो पुगोस भनेर पच्चीस हजार रुपौया आर्थिक सहयो गरिएको बागमति प्रदेश सचिव सुरोज खिमु श्रेष्ठ बताउनु भयो

