आगलागी पिडित मदिरा व्यवसायीलाई महासंघबाट आर्थिक सहयोग

मदिरा ब्यबसायी संघ कैलालिका उपाध्यक्ष सागर सम्शेर राणाले संचालन गर्नु भएको श्री चण्डीका टे«र्ड एण्ड सप्लायर्समा विद्युत लाईनमा समस्या भइ आगलागी हुँदा लाखौको क्षति पुगेको छ । आगलागिबाट व्यवसायीक रुपमा लाखौ क्षति भएको घटना प्रति नेपाल मदिरा व्यवसायी महासंघले गहिरो दुख व्यक्त गरेको छ ।

आगलागीबाट व्यवसायीक रुपमा क्षति भएको जानकारी महासंघका केन्द्रिय सदस्यहरु पुष्कर राज भाट, सिता भट्राई, महासंघ सुदुरपश्चिमका प्रदेश अध्यक्ष लबदेब भट्ट लगायतले नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष सोनाम शेर्पालाई जानकारी गराए लगत्तै महासंघका पदाधिकारीहरुसंग आक्समिक छलफल गरि महासंघका अध्यक्ष शेर्पाले सुदुरपश्चिम प्रदेशमा रहेका महासंघका केन्द्रिय सदस्यहरु पुस्कर राज भाट र सिता भट्राई सहितको टोलिलाई घटना स्थल पुगी आगलागि भएको घटनाको विवरण बुझि आगलागी पिडित मदिरा व्यवसायीलाई तत्काल पचास हजार रुपौया उपलब्ध गराउन निर्देशन गर्नु भएको थियो ।

महासंघको टोलीले घटना स्थल पुगि पिडित व्यवसायीलाई भेटगरि रु पचास हजार रुपौयाँको चेक हस्तान्तरण गरिएको थियोे । तत्काल पिडित व्यवसायीको राहात स्वरुप उक्त रकम प्रदान गरिएको महासंघले जनाएको छ । महासंघका अध्यक्ष शेर्पाले महासंघ सधै व्यवसायीहरुको सुख दुखमा साथ दिदै आएको बताउनुहुदै पिडित व्यवसायीलाई आवश्यक व्यवस्थापन गर्न सहज होस भनि उक्त रकम उपलब्ध गरिएको बताउनु भयो ।

आगलागि पिडित व्यवसायीका लागि नेपाल मदिरा व्यवसायी महासंघ सुदुर पश्चिम र मदिरा व्यवसायी संघ, कैलालि लगायतका व्यवसायीक संघ संस्थाहरुले आर्थिक सहयोगका लागि पहल गरिरहेका छन ।

आगलागि पछि पसल पूर्ण रुपमा जलेर क्षति भएको छ । अहिले क्षतिको विवरण संकलन गर्ने कार्य भैरहेको छ । नेपाल मदिरा व्यवसायी महासंघले आगलागि पिडित व्यवसायीलाई आर्थिक सहयोग गर्न समेत सबै व्यवसायीहरुलाई आग्रह गरेको छ ।

Share This On:

Leave a Reply