करको दर होइन, करको दायरा बढाउन मदिरा व्यवसायीको आग्रह

मदिरा व्यवसायीहरुले कर होइन करको दायरा बढाउन आग्रह गरेका छन् । राज्यले मदिराजन्य पदार्थमा को अन्तशुल्क बार्षिक २० देखि ३० प्रतिशत बढाएको भएपनि मदिराको बजार ४० प्रतिशतले घटेकोले व्यवसायीक क्षेत्र धरासयी भएको बताएका हुन । महामारीका कारण धरानको मदिरा बजार साविक भन्दा ४० प्रतिशत भन्दा बढि घटेको बताउँदै

कार्यक्रमका प्रमुख अतिथि नेपाल मदिरा व्यवसायी महासघका अध्यक्ष सोनाम शेर्पाले अहिले व्यवसाय संचालन गर्न गाह्रो अवस्था रहेकाले संयमित भएर व्यापार व्यवसाय गर्न व्यवसायीलाई आग्रह गर्नु भयो । आर्थिक अवस्था धरासायी हुँदै जाँदा संस्था संचालन गर्न समेत समस्या भएको उहाँले बताउनु भयो । आथिर्क मन्दिले गर्दा पछिल्लो अवस्थामा व्यवसायीहरुमा निराशा पैदा भइरहेको समेत बताउनु भयो । अहिले महासंघमा व्यवसायीहरुका दैनिक ५ वटा मुद्दाहरु आउने गरेकाे पनि उहाँले बताउनु भयो ।

अध्यक्ष शेर्पाले मुद्दा हेरदाहेर्दै व्यवसाय धरायसी हुने बताउदै उहाँले व्यवसायीका समस्या सुल्झाउन अधिकाशं समय वितेकाले महासघका आफ्ना योजना कार्यन्वयन गर्न असहज भएको बताउनु भयो । व्यापार घाटा खाएर मदिरा व्यवसायीले व्यवसाय गर्दा बजार डामाडोल भएको र व्यवसायी ऋणमा डुब्ने र पलायन हुने गरेको अध्यक्ष शेर्पाको भनाई छ । उहाँले फटाइ गर्ने व्यवसायीलाई पहिचान गरेर कानुनी कारबाही गर्न समेत व्यवसायलाई आग्रह गर्नु भयो ।
धरान मदिरा व्यवसायी संघको १० औं साधारण सभा तथा वार्षिक उत्सवमा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै लिलकुमार माझीले धरानमा कोरोना महामारीदेखि डेङ्गीसम्मले आक्रान्त बनाएको बताउनु भयो ।

मदिराको अन्तशुल्क लगातयले मदिरा व्यापारको मूल्य वार्षिक १५ देखि २० प्रतिशत बढ्ने र अव्यवस्थित बजारको प्रतिस्पर्धाले व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको । स्टार्टप विजनेसका नाममा मदिरा व्यवसायीलाई सहुलियत ऋण दिन राज्यको निकाय उदासीन रहेको उनीहरूले आरोप छ ।

व्यवसायीलाई सहज सरल कम खर्चिलो बनाउन मदिरा व्यवसाय ’अनलाइन सिस्टम’बाट गर्न सकिने विकल्पलाई समेत आत्मसात् गर्नुपर्ने धारणा राखेका छन् । आर्थिक वर्ष ०८१÷८२ मा आउने गरी मदिराको मूल्य सूचीलाई डिजिटलाइज्ड र अनलाइन एप्समार्फत जानकारी गराउने गरी तयारी थलिएको नेपाल मदिरा महासघ का कोषाध्यक्ष रमेश आचार्यले बताउनु भयो ।

सुनसरी उद्योग वणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले मन्दीले दिनप्रतिदिन व्यावसायिक सटर बन्द भएको बताउनु भयो । ’यो महिनामा धरानमा तीन वटा सटर बन्द भएको छ,’ अध्यक्ष श्रेष्ठले भन्नु भयो,’बैङ्कको ब्याज तिर्न सकेका छैनन्, घरको भाडा तिर्न सकेका छैनन्, यसको निम्ति ठोस नीति ल्याउन पर्दैन सरकारले ?’

मन्दीका कारणले अन्तर्राष्ट्रिय बजारमा करको नीति परिवर्तन भइरहेको, करको दरलाई सहुलियत रुपमा अगाडि लगिरहेको अवस्थामा व्यवसायीको पक्षमा ठोस नीति ल्याउन नसकेको उनले बताए । ’सरकारले किन गरिरहेको छैन, जबसम्म हाम्रो सरकारमा इमान्दारिता र स्पष्टता हुन सक्दैन, स्थिर र ठोस नीति आउन सक्दैन, तबसम्म हाम्रा समस्या ज्यूँका त्यूँ रहन्छ ।’ अध्यक्ष श्रेष्ठले भने ।

यस्तै धरान मदिरा व्यवसायी संघको १० औं साधारण सभा तथा वार्षिक उत्सव कार्यक्रममा पुराना मदिरा व्यवसायी र व्यवसायीक क्षेत्रमा योगदान गर्ने पत्रकारलाई सम्मान गरिएको छ ।

Share This On:

Leave a Reply