नेपाल मदिरा व्यवसायी महासंघको बार्षिक साधारण सभा काभ्रेपलान्चोक जिल्लाको धुलिखेलमा हुने

नेपाल मदिरा व्यवसायी महासंघको बार्षिक साधारण सभा काभ्रेपलान्चोक जिल्लाको धुलिखेलमा आयोजना हुने भएको छ । नेपाल मदिरा व्यवसायी महासंघको हालै सम्पन्न केन्द्रिय कार्यसमितिको बैठकले आगामी असार ८ गते धुलिखेलमा आयोजना गर्ने निर्णय गरेको हो ।

महासंघको साधारण सभा सम्पन्न गर्न आवश्यक तयारी भैरहेको महासंघका केन्द्रिय अध्यक्ष सोनाम शेपाले बताउनु भयो । मदिरा व्यवसायीहरुका साझा समस्याहरुका विषयमा बहस पैरवी गदै आएको महासंघले यस साधारण सभामा समेत व्यवसायीहरुका समस्याहरुका विषयमा समेत छलफल गर्ने महासंघले जनाएको छ ।

शनीबार महासंघका महासचिव गोविन्द प्रसाद बरालद्धारा जारी सुचनामा नेपाल मदिरा व्यवसायी महासंघका पूर्व अध्यक्ष, महासंघका सल्लाहकार, प्रदेश अध्यक्ष, एसोसियट सदस्य तथा सम्पूर्ण जिल्ला अध्यक्षहरुलाई उक्त साधारण सभामा सहभागि हुन आग्रह गर्नु भएको हो । साधारण सभाको विस्तृत कार्यसुची केहि दिनमा सार्वजनिक हुने महासंघले जनाएको छ ।

Share This On:

Leave a Reply