काभ्रेपलान्चोक जिल्लाको बनेपामा रहेको ए टु जेट कोल्ड स्टोरमा आगलागि हुदाँ लाखौ मुल्यका मदिरा तथा मदिराजन्य बस्तुहरु जलेर नष्ट भएका छन । विद्युत लाईनमा समस्या भइ आगलागी हुँदा लाखौको क्षति पुगेको हो । आगलागिबाट व्यवसायीक रुपमा लाखौ क्षति भएको घटना प्रति नेपाल मदिरा व्यवसायी महासंघले गहिरो दुख व्यक्त गरेको छ ।

आगलागीबाट व्यवसायीक रुपमा क्षति भएको जानकारी महासंघका केन्द्रिय सदस्य तथा मदिरा व्यवसायी संघ काभ्रेपलान्चोक जिल्ला अध्यक्ष कुवेर सापकोटा लगायतले नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष सोनाम शेर्पालाई जानकारी गराए लगत्तै महासंघका पदाधिकारीहरुसंग छलफल गरि महासंघका अध्यक्ष शेर्पा, महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष मदन गौतम, महासचिव गोविन्द प्रसाद बराल, कोषाध्यक्ष रमेश कोइराला, केन्दिय सदस्य तथा मदिरा संघ काभ्रेका अध्यक्ष कुवेर सापकोटा लगायत महासंघका पदाधिकारीहरुले आगलागि पिडित व्यवसायी अरुण कर्माचार्यलाई भेटघाट गरि आगलागिको घटना बारे जानकारी लिनु भएको छ ।
आगलागि भएको घटना प्रति दुख व्यक्त गदै शुक्रबार महासंघको टोलीले आगलागी पिडित मदिरा व्यवसायीलाई तत्काल व्यवसाय संचालनका लागि रु. पच्चीस हजार रुपौयाको चेक उपलब्ध गराउन गराईएको छ । महासंघका अध्यक्ष सोनाम शेर्पाले पिडित मदिरा व्यवसायीलाई उक्त चेक हस्तान्तरण गर्नुभएको हो ।
तत्काल पिडित व्यवसायीको राहात स्वरुप उक्त रकम प्रदान गरिएको महासंघले जनाएको छ । महासंघका अध्यक्ष शेर्पाले महासंघ सधै व्यवसायीहरुको सुख दुखमा साथ र सहयोग गदै आएको बताउनुहुदै पिडित व्यवसायीलाई तुरुन्तै आवश्यक व्यवस्थापन गर्न सहज होस भनि उक्त रकम उपलब्ध गरिएको बताउनु भयो ।
महासंघका केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला अध्यक्ष कुवेर सापकोटाको पहलमा तत्काल व्यवसाय संचालनका लागि विभिन्न मदिरा व्यवसायीहरुसंग समन्वय गरि मदिरा तथा हल्का पेयय पदार्थहरु समेत संकलन गरि पिडिल अरुण कर्माचायलाई हस्तान्तरण गर्नु भएको छ ।
आगलागि पछि पसल पूर्ण रुपमा जलेर क्षति भएको छ । अहिले क्षतिको विवरण संकलन गर्ने कार्य भैरहेको छ । नेपाल मदिरा व्यवसायी महासंघले आगलागि पिडित व्यवसायीलाई आर्थिक सहयोग गर्न समेत सबै व्यवसायीहरुलाई आग्रह गरेको छ ।

