नेपाल मदिरा व्यवसायी महासंघले महासंघका केन्द्रिय सदस्य तथा मदिरा संघ बर्दियाका अध्यक्ष एबं मदिरा व्यवसायी नर बहादुर ओली माथी आज्ञात समुहले गरेको लुटपाट र र्दुव्यवहारको कडा रुपमा भर्सना गदै कारवाहिको माग गरेको छ ।
महासंघका अध्यक्ष सोनाम शेर्पाले अज्ञात समुहले मदिरा व्यवसायी माथी गरेको आक्रमन र लुटपाटको घटनाले महासंघ चिन्तीत रहेको बताउदै व्यवसायीक सुरक्षाका लागि राज्य संबेदनशिल बन्नुपर्ने र अपराधिक कार्यमा संग्लन लुटेरा समुहको खोजी गरि कडा कानुनी कारबाहि हुनुपर्ने बताउनु भएको छ ।
अध्यक्ष शेर्पाले यस घटनाले व्यवसायीक क्षेत्रमा डर, त्रासको बातावरण उत्पन्न भएकोले डर, त्रास र भयरहित बातावरणमा निर्वाद रुपमा व्यवसाय संचालन गर्ने अवस्थाको सिर्जना गर्न समेत स्थानीय प्रशासनसंग आग्रह गर्नुभएको छ ।
शनीवार मदिरा व्यवसायी ओली स्थानीय बजारहरुबाट उदारो सामान विक्रि भएको रकम संकलन गरि घर फर्कने क्रममा बर्दियाको स्थानीय एक वजारमा चिया पिएर गाडि चढ्नै लाग्दा ५,६ जनाको समुहमा आएका व्यक्तिहरुले उहाँ माथी आक्रमन गरि उहाँको साथमा रहेको ५ लाख ५३ हजार नगद रकम समेत लुटेर लगेका थिए । आक्रमनमा परि व्यवसायी ओली सामान्य घाईते समेत हुनुभएको छ ।

