आगलागीबाट क्षतिग्रस्त निशा ट्रेडर्सको २ करोडको क्षति

बुधवार विहान कैलालिमा आगलागि हुदाँ २ करोड बरावरको क्षति भएको छ । आगलागिबाट क्षेती ग्रस्त गोदावरी नगरालिका ५ गेटामा अवस्थित निशा ट्रेडर्स एण्ड सप्लायर्सको २ करोड बरावरको क्षति पुगेको हो ।

मदिरा व्यासायको कारोबार गर्दै आएको उक्त पसल आगलागिबाट पुर्णरुपमा क्षति पुगेको नेपाल मदिरा व्यावसायी महास‌घघं सुदुरपश्चिमका अध्यक्ष लवदेव भट्टले जानकारी दिनु भयो ।

आगलागिबाट भएको घटना प्रति नेपाल मदिरा व्यावसायी महास‌घले दुख ब्यक्त गरेको छ । महास‌घंका अध्यक्ष सोनाम शेर्पाले दुख ब्यक्त गर्दै आबश्यक सहयोग गर्न सबै पक्षस‌ग आग्रह गर्नु भएको छ । आगलागिबाट भएको विवरण उपलब्ध गराउन प्रदेश अध्यक्ष लवदेव भट्लाई निर्देशन गर्दै महासंघका अध्यक्ष शेर्पाले महास‌घको तर्फ पिडित ब्यावसायीलाई आवश्यक सहयोग गर्ने बताउनु भयो ।
 

Share This On:

Leave a Reply