नेपाल मदिरा व्यवसायी महासंघको १९ औ बार्षिक साधारणसभाको तयारी अन्तिम चरणमा

नेपाल मदिरा व्यवसायी महासंघको पौष  ५,६ र ७ गते  सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा आयोजना हुने १९ औ बार्षिक साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको छ ।

साधारण सभामा पेश गरिने प्रतिवेदन र विभिन्न उपसमितले गर्नुपर्ने विभागिय जिम्मेवारी अनुसारको तयारी लगायतका कार्य पुरा भएको महासंघका अध्यक्ष सोनाम शेर्पाले जानकारी दिनुभयो ।

महासंघको साधारणसभामा सहभागि जिल्लाहरुको दर्ता भैरहेको र केहि दिन भित्र सहभागि प्रतिनिधिहरुको टुंगो लाग्ने अध्यक्ष शेर्पाले बताउनु भयो । महासंघको साधारण सभा भब्य वनाउन सबै जिल्ला मदिरा संघ र प्रदेश सघंहरुलाई सक्रिय सहभागितका लागि निर्देशन गरिएको र जिल्ला तथा प्रदेश अध्यक्षहरुले पनि तिबृ गतिमा काम गरिरहेको पनि उहाँले बताउनु भयो ।

सहभागिहरुको लागि आवास तथा दिवा तथा रात्रीभोज, मनोरञ्जनका लागि समेत आवश्यक तयारी सकिएको छ । कार्यक्रम स्थल  र होटेल समेतको स्थलगत अध्ययन गरि कार्यक्रम संचालनका लागि सम्झौता गरिसकिएको महासंघले जनाएको छ ।

केहि दिन भित्र सहभागिहरुको संख्या निश्चित भएपछि सबै तयारी पुरा हुने महासंघका महा-सचिव गोविन्द प्रसाद बरालले जानकारी दिनुभयो । कार्यक्रममा महासंघका पदाधिकारीहरु, पूर्व पदाधिकारीहरु,  महासंघका सल्लाहकारहरु, महासंघ प्रदेश कार्यसमितिका पदाधिकारीहरु र जिल्ला अध्यक्षहरु लगायत ३०० जना भन्दा बढि मदिरा व्यायसायीहरुको सहभागि हुने बताइएको छ ।  महासंघले साधारण सभाको कार्यक्रममा सहभागीहरुका लागि विविध साँस्कृतिक कार्यक्रम र दिवा तथा रात्रीभोजको समेत आयोजना गरेको छ ।

उक्त साधारण सभामा महासंघले गत आर्थिक बर्षमा संचालन गरेका गतिविधीहरु र बार्षिक रुपमा हासिल गरेका उपलब्धी र प्रगतिको समिक्षा एबं आगामी वर्ष संचालन गरिने कार्यक्रमहरु र मदिरा व्यावसायीहरुका समस्याहरुका विविध विषयहरुमा छलफल गरिने बताईएको छ । यसै गरि महासंघको उक्त बार्षिक साधारण सभामा महासंघका अध्यक्ष सोनाम शेर्पाले महासंघको प्रगति विवरण, महासचिव गोविन्द प्रसाद बरालले संस्थागत प्रतिबेदन र कोषाध्यक्ष रमेश आचार्यले आर्थिक प्रतिबेदन पेश गर्नुहुने कार्यसुचि रहेको छ ।

गत बार्षिक साधारण सभामा व्यावसायीहरुको मदिरा कारोबार सम्बन्धी मार्जिनका विषयमा महत्वपूर्ण निर्णय गरि कार्यान्वयन समेत गरिएको थियो । यस निर्णयले मदिरा व्यावसायीहरुलाई कारोवार गर्न निकै ठुलो राहत भएको थियो ।

Share This On:

Leave a Reply