मदिरा व्यावासायि संघ कपिलवस्तुको एघारौँ साधरण सभा तथा छैठौं अधिवेशन शनिवार कपिलबस्तुको तौलिहवामा सम्पन्न भएको छ । मदिरा संघको साधारणसभा तथा अधिबेशन उद्घाटन गर्ने नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले मदिरा महासंघ सबै मदिरा व्यवसायीहरुको हक हित र अधिकारका लागि सधै रचनात्मक कार्य गर्दै आएको र आगामी दिनहरुमा समेत व्यावसायीहरुको हितका लागि विभिन्न कार्य गर्ने बताउनु भयो । मदिरा व्यवसायीहरुले राज्यको अर्थतन्त्र र रोजगारीका क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको भएपनि राज्यले मदिरा ब्यावसायीहरुको हितका लागि गर्नुपर्ने कामहरु नभएको बताउदै आगामी आर्थिक बर्षको वजेटमा मदिरा ब्यावसायीहरुको हितका लागि विभिन्न विषयहरु समाबेश हुनुपर्ने बताउनु भयो।आगामी बर्षको बजेटमा ब्यासायीहरुका सवालहरु समाबेश गर्न महासंघले सक्दो पहल गर्ने पनि बताउनु भयो ।

यसै गरि कार्यक्रममा सिबराज नगरपालिकाका प्रमुख अजय थापाले ब्यावसायीक विकासमा मदिरा ब्यावसायीले महत्वपूर्ण भुमिका खेलेको बताउदै ब्यवस्थित रुपमा ब्यवसाय संचालन गर्न सबै मदिरा ब्यवसायीहरुसंग आग्रह गर्नु भयो ।
उक्त साधारण सभाले कुलचन्द्र सिग्देलको अध्यक्षतामा मदिरा ब्यवसायी संघको नयाँ कार्यसमिति समेत चयन गरेको छ।यसै गरि वरिष्ठ उपाध्यक्षमा रवीन्द्र कुमार गुप्ता, प्रथम उपाध्याय कृष्ण प्रसाद गैरे, द्धितिय उपाध्याय लोकेन्द्र पौडेल, तृतीय उपाध्याय बलराम घिमिरे, महासचिव खगेन्द्र पौडेल, सचिव मनोज बन्जाडे, कोषाध्यक्ष कृष्ण घिमिरे, सह-कोषाध्यक्ष राजेश गुप्ता र सदस्यहरुमा विष्णु जैसवाल, रिंकु जैसवाल, ऋषिराम पाण्डे, ज्ञानराज घिमिरे, रोहित थारु, माया पौडेल, रेखा कुमारी सिग्देल, रिता बेल्बासे (बन्जाडे),दीपा चौधरी, लेखा- समितिको संयोजकमा विष्णु प्रसाद सापकोटा, सदस्यहरुमा ओम बहादुर थापा र सदस्य विनोद जैसवाल लाई निर्वाचित गरिएको छ।
कार्यक्रममा नेपाल मदिरा व्यावसायी महासंघका अध्यक्ष सोनाम शेर्पाको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष कुलचन्द्र सिग्देल अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शिवराज नगरपालिकाका प्रमुख अजय थापा, महासंघका उपाध्याक्ष मिर्गेन्द्र गोविन्द श्रेष्ठ, सचिव शालिकराम कँडेल, लुम्बिनी प्रदेश अध्यक्ष शम्भु प्रसाद भट्टराई ,चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य महादेव पोखरेल, कपिलवस्तु उधोग व्यापार संघका अध्यक्ष टोपनारायण बेल्बासे, मदिरा ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष बाबुराम ज्ञवाली, यसै गरि भैरहवाका यादव पोखरेल ,पाल्पाका अध्यक्ष लक्षमण रेग्मी, नवलपरासीका अध्यक्ष सूर्य न्यौपाने, कपिलवस्तु होटल तथा रेष्टरेण्ट व्यावसायी संघका अध्यक्ष लेखनाथ घर्ति लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रधिनिधी, मदिरा उत्पादक तथा वितरक कम्पनीका प्रतिनिधि,पत्रकार ,सुरक्षाकर्मी, कलाकार, जिल्लाका मदिरा व्यावसायीहरुको उपस्थति रहेको थियो।


