मदिरा पसलमा आगलागि हुँदा लाखौको क्षति

गए राति एक मदिरा पसलमा आगलागि हुँदा लाखौको क्षति भएको छ। काठमान्डौको बसुन्धरामा रहेको कल्पना के.सी.ले संचालन गर्दै आउनु भएको मदिरा पसल  के.के एण्ड के लिकर्श मा आगलागि हुदाँ ३५ लाख भन्दा बढिको क्षति पुगेको बताईएको छ ।

सोमबार विहान करिव १ वजे लागेको आगोका कारण लाखौ मुल्यका मदिरा तथा मदिराजन्य बस्तुहरु, महत्वपूर्ण ब्यवसायीक विवरणहरु सहित मदिरा पसल जलेर पूर्ण रुपमा क्षति भएको छ । आगलागि भएको लगत्तै महानगरको दमकल सहित नेपाल प्रहरी, नगर प्रहरी, स्थानीयहरुको समेत सहभागितामा ४ घण्टा पछि आगो नियन्त्रणमा आएपनि पसलको क्षति हुनबाट नजोगिएको संचालक कल्पना के.सी.ले बताउनु भयो । घटनाको प्रारार्भिक अबस्था हेर्दा विद्दुत लाईन सट् भएर आगो लागेको हुनसक्ने प्रहरीले जनाएको छ।

आगलागिको घटना लगत्तै नेपाल मदिरा ब्यावसायी महासंघका अध्यक्ष लगायतको टोलीले घटना स्थल पुगि क्षतिको विवरण बारे जानकारी लिएको छ । महासंघका अध्यक्ष सोनाम शेर्पा लगायतको टोलीले घटनाको स्थलगत जानकारी पछि महासंघको तर्फबाट तत्काल राहात स्वरुप रु.एक लाख एक हजार बरावरको चेक हस्तान्तरण गरिएको छ ।

महासंघका अध्यक्ष सोनाम शर्पाले आगलागिको घटना प्रति गहिरो दु: ख ब्यक्त गर्दै यस्ता घटनाबाट जोगिन सचेतता अपनाउन सबै ब्यावसायीहरुलाई आग्रह गर्नुभएको छ। विद्दुतिय सामाग्रीहरुको सचेत भएर प्रयोग गर्न र पसल बन्द भएपछि विद्दुत लाईन पुर्ण रुपमा बन्द गर्न समेत अनुरोध गर्नु भएको छ। महासंघले आगलागी लगायतका ब्यावसायीहरुलाई विपत्तीको समयमा आर्थिक सहयोग गर्दै आएको छ ।

Share This On:

Leave a Reply