नक्कली मदिरा उत्पादन तथा विक्रि वितरण भैरहेको सम्बन्धमा नेपाल मदिरा ब्यवसायी महासंघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । विहिबार महासंघको केन्द्रिय कार्यालय बनस्थलीमा बसेको मदिरा ब्यवसायीहरुको सर्वपक्षीय बैठकले गैरकानुनी रुपमा नक्कली मदिराको उत्पादन तथा विक्रिवितरण भएको घटना बारम्वार दोहरिनु निकै दुखद भएको भन्दै यस्ता कार्यहरुले राज्यको राजस्वमा क्षति पुगेको मात्र नभई आम मदिरा उपभोक्ताहरुको जनस्वास्थ्यमा समेत खेलवाड भएको भन्दै सबै सरोकारवालाको साझा प्रयासबाट यसको नियन्त्रण आबश्यक रहेको जनाएको छ ।

नेपाल मदिरा ब्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाको अध्यक्षतामा सम्पन्न भएको बैठकमा पूर्व अध्यक्षहरु सन्तोष पाण्डे, राम श्रेष्ठ, वियर उत्पादक संघका अध्यक्ष तथा अर्ना बेयरका संचालक अरुण के.सी, महासंघका बरिष्ठउपाध्यक्ष मदन गौतम, कार्यसमितिका पदाधिकारीहरु, महासंघका कानुनी सल्लाहकारहरु अधिवक्ता सुदिप नेपाल,अधिवक्ता दिनेश खड्का, मदिरा संघ काठमान्डौका अध्यक्ष रुप तामाङ्ग, निबर्तमान अध्यक्ष राजन के.सि., निवर्तमान महासचिव शुसिल खड्का, ललितपुर संघका अध्यक्ष हरिहर अधिकारी, निबर्तमान अध्यक्ष उपेन्द्र लाखे, भक्तपुरका अध्यक्ष जीवन छुस्याकी, मदिरा संघ काभ्रेका अध्यक्ष कुबेर सापकोटा लगायत विभिन्न मदिरा उत्पादक तथा वितरक कम्पनीका प्रतिनिधिहरु, मदिरा ब्यावसायी संघका पदाधिकारीहरु र मदिरा ब्यवसायीहरुको सहभागिता रहेको थियो ।

महासंघका महासचिव गोविन्द प्रसाद बरालले सहजिकरण गर्नुभएको कार्यक्रममा सहभागिहरुले मदिरा ब्यावसायमा देखिएका चुनौतिहरु र समधानका प्रयासहरु सम्बन्धमा विभिन्न धारणाहरु राख्नु भएको थियो ।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष सोनाम शेर्पाले नक्कली मदिरा कारोबार रोक्न मदिरा ब्यवसायीहरुले ईमान्दारीताका साथ ब्यापार ब्यावसाय संचालन गर्नुपर्ने बताउदै ब्यावसायीक कानुन पालनामा सबै मदिरा ब्यवसायीहरु सचेत रहन आग्रह गर्नु भयो । उहाँले गैरकानुनी नक्कली मदिरा उत्पादन तथा विक्रि वितरण रोक्न र यस्ता कसुर गर्नेलाई कडा कानुनी कारबाहिका लागि महासंघले चाडै विशेष निर्णय गरि दिगो समधान खोज्ने बताउनु भयो ।

महासंघले चाडै विज्ञहरु समेतको बैठक आयोजना गरि यस्ता गैरकानुनी कार्यको रोकथाम गर्न आबश्यक पहल गर्ने समेत निर्णय गरेको छ।

