मदिरा व्यवसायी संघ काठमाण्डौको चौथो अधिवेशन तथा साधारण सभा आउदो बैशाख ४ गते हुने भएको छ । हालै बसेको संघको बैठकले आउदो बैशाख ४ गते संघको अधिबेशन गर्ने निर्णय गरेको हो । काठमार्डौ उपत्यकाभरीका मदिरा व्यवसायीहरको हक,हित र अधिकारको लागि स्थापित तथा क्रियाशिल संघमा करिब दुइ हजार दुइ सय हाराहारीमा व्यवसायीहरु आबद्ध छन । सबै तयारी हुदै छ, लर्ड प्यालेल ब्याङ्क्ययुट टोखामा उक्त अधिवेश हुने संघका अध्यक्ष गोविन्द बरालले जानकारी दिए ।
अध्यक्ष बरालले निर्वाचन समिति गठन लगायतका आन्तरिक तयारी पुरा भएको बताए । उक्त अधिबेशनमा उपत्यका बाट सम्पूर्ण व्यवसायीहरुलाई सक्रिय सहभागिताको लागि अध्यक्ष गोविन्द बरालले अनुरोध गरेका छन ।अधिबेशन बाट आगामी कार्यकालको लागि नयाँ नेतृत्व समेत चयन गरिने छ ।


