मदिरा ब्यावसायी संघ काठमान्डौ जिल्लाको वार्षिक साधारण सभा तथा अधिबेशन स्थगित भएको छ । पछिल्ला केहि दिन देखि देश ब्यापि वढ्दै गएको कोरोनाको संक्रमनका कारण संघकाे साधारण सभा तथा अधिबेशनका सबै कार्यक्रमहरु अर्को सुचना जारि नभए सम्मका लागि स्थगित गरिएको संघका जिल्ला अध्यक्ष गोविन्द प्रसाद वरालले जानकारी दिनु भयो ।
मदिरा ब्यावसायी संघ काठमान्डौले जिल्ला प्रशासन कार्यालय काठमान्डौसंग कार्यक्रम संचालनका विषयमा विहिवार गरेको छलफल पछि उपत्यकामा जोखिम वढ्दै गएकाले तत्काल कार्यक्रम स्थगित गर्नु परेको संघले जनाएको छ ।
विहिवार स्वास्थ्य तथा जनसख्या मन्त्रालयले काठमान्डौ लगायत देशका विभिन्न १४ जिल्लालाई कोरोना अति प्रभावित जिल्ला घोषणा गरि सभा सम्मेलन लगायतका भिडभाड हुने कार्यक्रमहरु संचालन नगर्न आग्रह गरेपछि संघले साधारण सभा तथा अधिबेशनका लागि सबै तयारी पुरा गरेपनि उत्पन्न असहज अवस्थालाई ध्यान दिई कार्यक्रम स्थगित गरेको हो ।

संघले विहिबार सरोकारवाला सबै निकायहरु संगको परार्मश पछि एक सुचना जारि गरि संघको साधारण सभा तथा अधिबेशनका सबै कार्यक्रमहरु अर्को सुचना जारि नभए सम्मका लागि स्थगित गरिएको जनाएको छ ।

