नेपाल ब्यावसायी महासंघको आर्थिक तथा प्राविधीक सहयोग र वाल सचेतना केन्द्र बौद्धको आयोजनामा निःशुल्क बृहत स्वास्थ्य सिविर सम्पन्न भएको छ । मानव जिवन रक्षाका लागि स्वास्थ्य सेवा तथा सचेतनाका लागि आयाेजना गरिएको कार्यक्रम २ दिन सम्म संचालन गरिएको नेपाल मदिरा ब्यावसायी महासंघले जनाएको छ ।

ब्यावसायीक हक, हित र अधिकारका क्षेत्रमा काम गदै आएको मदिरा ब्यावसायी महासंघले विभिन्न सामाजिक कार्य गदै आएको छ । महासंघको सामाजिक कल्याणकारी सेवा अन्तर्गत यस कायक्रमको आयोजना गरिएको मदिरा ब्यावसायी महासंघका अध्यक्ष शोनाम शेर्पाले वताउनु भयो । कार्यक्रममा निःशुल्क स्वास्थ्य परिक्षण गरि निःशुल्क औसधी समेत वितरण गरिएको थियो । सिविरमा गरिव तथा विपन्न वर्गका एक हजार पाँच सय भन्दा वढिले सेवा लिएका थिए ।

