मदिरा ब्यावसायी संघ कास्कीले पोखरामा नयाँ वर्षको अवसरमा विविध कार्यक्रम सम्पन्न गरि मनाएको छ । संघले नयाँ वर्षको अवसरमा रक्तदान तथा २०७८ सालको क्यालेण्डर विमोचन गरि मनाएको हो ।
संघका अध्यक्ष डिल्लीराम पनेरुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कार्यसमिति लगायत विभिन्न ब्यक्तिहरुले रक्तदान गर्नु भएको थियो ।
रक्दानवाट १०८ पोइन्ट रगत संकलन भएको मदिरा ब्यावसायी संघ पोखराले जनाएको छ । यसैगरि संघले नयाँ वर्ष २०७८ सालको क्यालेण्डर विमोचना गरि ब्यावसायीहरुमा शुभकामना आदान प्रदान गरेको छ ।

कार्यक्रममा केन्द्रिय महासचिव तारानाथ ढुगाना लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा ब्यावसायीहरुलाई नयाँ सालको क्यालेण्डर वितरण समेत गरिएको थियो ।

