ब्यबसायीलाई समान ब्यबहार गर्न सरकारसंग महासंघको आग्रह

नेपाल मदिरा ब्यवसायी महासंघले सबै ब्यवसायीलाई समान ब्यवहार गर्न सरकारसंग आग्रह गरेको छ । कोरोना संक्रमन वढेसंगै देशका विभिन्न जिल्लाहरुमा निषेधआज्ञा जारि भएसंगै अत्यावश्यक सेवा बाहेक अन्य सबै क्षेत्र वन्द गर्ने निर्णय सरकारले गरेको छ । औसधी, खाध्यन्न, फलफुल, पानी, इन्धन लगायतका अत्याबश्यक सेवाका पसलहरु विहान ६ वजे देखि १० वजे सम्म र बेलुकी ५ वजे देखि ७ वजे सम्म संचालनका लागि अनुमति दिएको छ । यि सेवा अन्तर्गत विभिन्न पसलहरु र डिपार्डमेन्ट स्टोरहरु खुल्ला हुने छन ।

डिपार्डमेन्ट स्टोरहरुले खाद्यान्न, मदिरा लगायतका विभिन्न सामानहरु निर्वाद रुपमा विक्रि गर्ने भएपछि मदिरा पसलहरु वन्द हुदाँ ब्यवसायीहरु मर्कामा पर्ने भन्दै महासंघले तोकिएका जनस्वास्थ्य मापदण्डको पालना गरि डिपार्डमेन्ट स्टोर जस्तै मदिरा पसलहरु संचालनका लागि अवरोध नगर्न सरकारसंग आग्रह गरेको छ ।

डिपाडमेन्ट स्टोरले निर्वादरुपमा मदिराको कारोवार गर्दा अन्य मदिरा पसलहरु वन्द गर्न भन्नु राज्यको विभेदपूर्ण ब्यवहार भएको मदिरा ब्यवसायी महासंघका अध्यक्ष शोनाम शेर्पाको भनाई छ । हामी फेरि पनि सरकारसंग आग्रह गर्दछौ राज्यले सबै मदिरा ब्यवसायीहरुलाई समान ब्यबहार गरोस् । यस्ता ब्यवसायीक असमानताका विरुद्ध महासंघले कडा विरोध गर्ने उहाँले वताउनु भयो ।

कोरोना संक्रमन रोक्न सरकारले जारि गरेको निर्देशनको पूर्णरुपमा पालना गरि डिपार्डमेन्ट स्टोरहरु लगायतका ठुला पसलहरुले मात्र मदिराको कारोबार गरे देश भर आन्दोलन हुने महासंघले जनाएको छ । ठुला-साना ब्यावसायीहरु विच विभेद हुने गरि मदिराको कारोबारो भए महासंघ सहेर वस्दैन यसका लागि कडा आन्दोलन गरिने जनाईएको छ । ब्यावसायीक असमानताका विरुद्ध कडा आन्दोलनका लागि तयार रहन पनि महासंघले सबै जिल्ला संघ र महासंघमा आवद्ध सबै ब्यवसायीहरुलाई आग्रह समेत गरेको छ ।

कोरोना संकट वढेपछि विश्वका विभिन्न देशहरुमा लगडाउन भएपनि मदिरा तथा मदिराजन्य ब्यवसाय लगायतका दैनिक उपभोग्य वस्तुहरुको विक्रि वितरणका लागि निश्चित मापदण्ड प्रयोग गरि कारोवार भैरहेकोले नेपालमा पनि कोरोना संक्रमन रोक्नका लागि सरकारले तोकेको जनस्वास्थ्य मापदण्ड पुरा गरेर मदिरा ब्यबसाय संचालन गर्न पाउनु पर्ने माग ब्यबसायीहरुको छ ।

मदिरा पसलहरु वन्द हुदा मदिराको अवैध कारोवारो हुने र यसले गर्दा सरकारी राजस्वमा क्षति पुग्ने तर्फ सचेत हुन समेत सरकारलाई महासंघले आग्रह गरेको छ । मदिरा पसल वन्द हुदा घरेलु मदिराको उत्पादन बृद्धि हुने र यसले खाध्यान्नको दुरुपयोग हुने महासंघको भनाई छ ।

मदिरा ब्यवसाय वन्द भएसंगै यस क्षेत्रमा संग्लन ब्यापारी र कामदारहरुको रोजीरोटि गुम्ने र घरभाडा र बैकंको ब्याज मात्र तिर्नु पर्ने बाध्यताले ब्यवसाय धरासायी हुने, बेयर, वाईन तथा जुसहरुको उपभोग गर्ने मिति निश्चित हुने भएकाले लामो समय ब्यवसाय वन्द हुदा म्याद गुर्जेर ब्यबसायीहरुको करोडौंको क्षतिपुग्ने लगायतका कारण मदिरा ब्यवसाय संचालन हुनु पर्ने मदिरा ब्यवसायी संघ काठमान्डौका अध्यक्ष गोविन्द प्रसाद बरालले वताउनु भयो ।

मदिरा व्यवसाय बन्द हुँदा राज्य र ब्यवसायीलाई करोडौको क्षति हुने महासंघले जनाएको छ । यो परिस्थितिमा राज्यबाट कानुन वमोजिम विभिन्न निकायमा दर्ता भई मदिरा सम्वन्धी ऐन नियमहरुलाई पूर्ण पालना गरि राजश्व तिरेर संचालन गरिएको मदिरा व्यवसाय संचालन गर्दा राज्य र ब्यवसायीलाई नै फाईदा हुने अध्यक्ष शेर्पाको भनाई छ ।

नेपालमा ब्यवसायीक क्षेत्रवाट संकलित कुल राजस्वको २३ प्रतिशत भन्दा वढि योगदान मदिरा ब्यवसायले मात्र गदै आएको छ । यो नै ब्यवसायीक क्षेत्रमा संकलन हुने राजस्वको उच्च दर भएपनि सरकारले मदिरा ब्यवसाय संचालनमा वारम्वार असहजता र्सिजना गदै आईरहेको ब्यबसायीहरुको गुनासो छ ।

Share This On:

Leave a Reply