शोनाम शेर्पा नेपाल मदिरा ब्यावसायी महासंघका केन्द्रिय अध्यक्ष हुनुहुन्छ । महासंघको ११ औ अधिवेशनबाट निर्वाचित शेर्पा ब्यावसायीहरु विच लोकप्रिय हुनुहुन्छ । स-साना ब्यावसायीहरु देखि कम्पनीहरु सम्मको अधिकार स्थापीत गर्न क्रियाशिल उहाँ महासंघको दिगो संस्थागत विकास र ब्यावसायीहरुका अधिकार स्थापित गर्न थालिएका पछिल्ला पहलहरु बारे अध्यक्ष श्री शोनाम शेर्पासंग गरिएको समसामहिक कुराकानीको सारसंक्षेप ।
यहाँलाई हाम्रो कार्यकक्षमा हार्दिक स्वागत छ ।
धन्यवाद छ ।

अध्यक्ष ज्यू । कुराकानी सुरु गरौ । नेपाल मदिरा ब्यावसायी महासंघले के–के काम गरिरहेको छ ?
नेपाल मदिरा ब्यावसायी महासंघ २०५३ सालमा स्थापना भएको मदिरा ब्यावसायीहरुको हक, हित र अधिकारका क्षेत्रमा काम गर्ने सबै ब्यावसायीहरुको साझा र छाता संगठन हो । यस संस्थाले मदिरा ब्यावसायको प्रर्वद्धन गर्न र ब्यावसायीहरुका सवालहरुमा काम गदै आएको छ र हामी पनि निरन्तर ब्यावसायीहरुको हक, हित र अधिकारका लागि काम गरिरहेका छौ ।
यहाँले ब्यावसायीहरुको हक, हित र अधिकारका लागि काम गरिहेका छौ भन्नु भयो ? मदिरा ब्यावसायी महासंघमा अध्यक्षमा निर्वाचि भएपछि संस्थागत र ब्यावसायीक क्षेत्रमा तपाईले थालनि गर्नु भएका कामहरु के के हुन ?
हाम्रो कार्य समिति निर्वाचित भएपछि संस्थागत दिगो विकास र ब्यावसायीक हक, हित र अधिकारका लागि पहिलो बैठकमै हामीले संस्थागतरुपमै कार्य योजना वनायौ । हामी निर्वाचित भएर आउनु भन्दा अगाडि महासंघ ऋणमा थियो । हाम्रो कार्य योजना अनुसार हामीले अभावका विचम पनि महासंघको भवन निर्माणको काम सुरु ग¥यौ । अहिले हाम्रो आफ्नै भवन निमार्ण भै सकेको छ । यस कार्यमा साथ सहयोग र सहकार्य गर्ने सबै मदिरा कम्पनी, जिल्ला संघहरु र ब्यावसायीहरु प्रति हामी आभारी छौ । हामीले बनाएको योजनामा यहाँहरुको योगदानले महासंघमा धेरै पूर्वाधारहरु निर्माण भएका छन । भवन निर्माणका साथै हामीले ब्यावसायीहरुको हक, हित र अधिकारका लागि प्राथामिकताका साथ निरन्तर काम गदै आएका छौ । विषेशगरि कोरोना महामारीका कारण अस्तब्यस्त भएको ब्यावसायीक क्षेत्रलाई संचालन गर्न र राज्यले ब्यावसायीक क्षेत्र गरेको कयौ प्रतिवन्धका विरुद्ध हामीले विभिन्न आन्दोलन र खवरदारी ग¥यैे । अहिल पनि हामी ब्यावसायीक अधिकार प्रति प्रतिवद्ध छौ ।
महासंघले यसका साथै कोरोना विमाको कार्यक्रम र आर्थिक कारोवारोमा मध्यस्तता पनि गरेको छ रे ? खास ब्यबसायीहरुको हितका लागि अरु थप के के कामहरु सुरु गर्नु भएको छ ?
ठिक भन्नु भयो । म यस विषयमा कुरा गदै थिए । हामीले १० करोड भन्दा माथीको कारोवार गर्ने ब्यबसायी र कम्पनीहरु विच हुने आर्थिक कारोवारमा मध्यस्तता गरेर समस्याको समधान गदै आएका छौ । महासंघले गत वर्ष केन्द्रिय कार्य समिति, सल्लाहकार, प्रदेश तथा जिल्ला अध्यक्षहरुको एक लाख वरावरको कोरोना विमा गरेका थियौ । कोरोना संक्रमित भई उचार गर्नु भएका ६ जनाले एक एक लाखका दरले उक्त रकम समेत वितरण भैसकेको छ । विभिन्न प्रकोपवाट पिडितहरु जस्तै आगलागि भएका ब्यवसायीलाई, आर्थिक कम्जोर भई उपचारमा समस्या भएकाहरुलाई समेत हामीले आर्थिक सहयोग प्रदान गदै आएका छौ । आगामी दिनमा यस्ता सामाजिक कार्यका लागि छुटै कोष वनाउने लक्ष्य छ । जिल्ला तथा प्रदेशमा समय समयमा ब्यवसायीक भम्रन गरि ब्यवसायीहरुका समस्याहरु पनि सामधान गदै आएका छौ । यसका साथै ब्यवसायीहरुलाई कुनै कानुनी समस्या आएमा सहयोग गर्न हामीसंग २ जना कानुन ब्यावसायीहरुको ब्यबस्थापन गरेका छौ ।
मदिरा महासंघको आफ्नै भवन निमार्ण भएपछि, आफ्नै भवनबाट कार्यालय संचालन सुरु गर्नु भयो ?
महासंघको भवन निर्माण भएपछि हामीले हाम्रो भाडामा रहेको कार्यालय सारेर अस्थायी रुपमा संचालनमा ल्याएका छौ तर कार्यालय ब्यस्थापन र भवन निर्माणका केहि कामहरु अझै बाकि नै भएकाले सबै काम गर्न सकिएको छैन । भवनको रङरोगन लगायका काम सकिए पछि कार्यालय ब्यवस्थापनका कामहरु सम्पन्न हुने छ । अव महासंघका सबै प्रशासनिक कामहरु पूर्ण रुपमा यसै भवनबाट नियमितरुपमा संचालन हुने छन ।
मदिरा ब्यवसाय संचालनमा राज्यका निकायहरुबाट समय समयमा अनाबश्यक दूःख दिएको भन्ने गुनासोहरु आईरहेका छन ? यसको दिगो समधानका लागि महासंघले केहि प्रयास गरेको छ ?
मदिरा ब्यावसायबाट मात्र राज्यलाई ब्यवसायीक क्षेत्रको कुल राजस्वको २३ प्रतिशत भन्दा वढि योगदान गदै आएको छ । यो योगदानका आधारमा राज्यले हाम्रो ब्यवसाय प्रवद्र्धनका लागि जुनरुपमा काम गर्नु पर्ने हो त्यो राज्यबाट भएको छैन । अझ केहि स्थानीय निकायहरुले त मदिरा ऐन तथा नियम विपरित मदिरा ब्यवसाय प्रतिवन्ध लगाउने गरि गैरकानुनी काम गरेका थिए । हामीले विद्यमान कानुन बमोजिम निर्वाद रुपमा ब्यवसाय संचालन गर्न पाउनु पर्छ भनेर सरकारसंग वहस गरिरहेका छौ केहि उपलब्धी पनि भएका छन । मदिरा ब्यवसाय मानवीय जीवनशैली र नेपाली संस्कारसंग जोडिएको विषय हो । संसारका सबैजसो मुलुकहरुमा मदिराको उत्पादन, विक्रिवितरण र प्रयोग सहज र निर्वाद रुपमा भैरहेका छन । कयौ देशहरुले कोरोनाको महामारीको कठिन अवस्थामा पनि अत्यावश्यक सेवाका रुपमै मदिरा ब्यावसायहरु संचालनका लागि पहल गरेका थिए । नेपालमा मदिरा ब्यावसाय ब्यस्थापनका लागि मदिरा ऐन, नियमावली निर्माण भएका छन । हामी ति नियमहरुलाई आत्मसात गरेर ब्यावसाय संचालन गरिरहेका छौ समय समयमा अनावश्यकरुपमा राज्यले ब्यावसायीहरुलाई तनाव दिनु दुखद हो । अहिलेका केहि ऐन नियमहरुमा समयसापेक्ष सुधार आवश्यक भए छलफल गरि र समधान गर्न हामी ब्यवसायी सधै तयार छौ । हामीले यस विषयमा अर्थ मन्त्रालय, राजस्व विभाग, गृह मान्त्रालय लगायत विभिन्न निकायहरुसंग पटक पटक छलफल गरेका छौ । राज्यका निकायहरु ब्यवसायीहरुका गुनासोहरु सुन्न तयार छैन । हामीले आयोजना गरेका कार्यक्रमहरुहरुमा राज्यको सहभागिता नै हुदैन । समस्याको समधान गर्न राज्यले गर्नु पर्ने दायित्व पुरा नगरेर एकतफि आदेश दिएर मात्र समस्याको दिगो समधान हुदैन । हामी सबै निकायसंग सहकार्य गरेर ब्यवसायीका गुनासोहरु समधान गर्न तयार छौ ।
मदिरा ब्यबसायमा वारम्वार गुनासोहरु आईरहन्छन ? किन ?
मदिराको प्रयोग अधिकाशं मानिसहरुले प्रयोग गर्छन । नेपालमा ९५ प्रतिशत भन्दा वढिले प्रत्यक्ष वा अप्रत्यक्ष प्रयोग हुदै आएको छ । नेपाली संस्कार र संस्कृतिले पनि यसको प्रयोग वढेको हो । मदिराको प्रयोग र ब्यबस्थापन देश अनुसार नियम कानुनहरु फरक फरक छन । यसलाई आवश्यकताका आधारमा समयसापेक्ष योजनाहरु वनाउनु पर्छ र यसमा राज्यको मुख्य दायित्व हुन्छ । हामी राज्यलाई सहयोग गर्न सधै तयार छौ । नेपालीहरुको संस्कार कस्तो भयो भने मदिराको विरोध गर्दा सस्तो लोकप्रियता कमाईने भएर अनावश्यक कुरा उठेका हुन । वास्तवमा तिनै हुन जस्लाई हरेक साझ मदिरा सेवन गनै पर्दछ र दिउँसो विरोध गरे जस्तो गर्छन । यस्ता हल्लैे हल्लामा होइन ठोस कार्य योजना जरुरी छ । गुनासो सुन्न र समस्याको सामधान गर्न राज्यका निकायहरु तयार भए ब्यवसायीबाट कुनै समस्या छैन ।
महासंघका आगामी कार्यक्रमहरु केके छन ?
नेपाल मदिरा ब्यावसायी महासंघले मुख्य काम भनेको ब्यावसायीहरुको हक, हित र अधिकारको क्षेत्रमा काम गर्ने नै हो । हामीले ब्यवसायीसंग गरेका केहि प्रतिवद्धताहरु थिए ति प्रतिवद्र्धताहरु पुरा गर्ने क्रममा छौ । हामीले पहिलो संस्थागत विकासमा भवन निर्माण र कार्यालय ब्यस्थापन गर्नु थियो जो पुरा हुदै छ । मदिरा ब्यवसायीहरुका सवालहरु आम मिडियाहरुले समेत समावेश नगरेकाले पनि हामीले यसै वर्ष देखि अनलाईन मिडिया संचालनमा ल्याएका छौ । अव हाम्रा सवालहरु मिडिया मार्फत आउने छन । यसका साथै देशका ७७ बटै जिल्लाका मदिरा ब्यवसायी संघहरुका माध्यमबाट ब्यवसायीहरुका समस्याहरु र राजस्वमा समाबेश गर्ने विषयमा सुझावहरु संकलनहरु गदैछौ । यसबाट आगामी दिनमा हामीलाई ब्यवसायी हक, हित र अधिकारका लागि थप योजना वनाउन सजिलो हुने छ । यसै वर्ष देखि हामीले प्रदेश स्तरमा मदिरा ब्यावसाय प्रवद्र्धन, कानुन, कर प्रणाली, र नेतृत्व विकास सम्वन्धी तालिमहरु संचालन गर्ने योजना वनाउदै छौ । ब्यवसायीहरुको क्षमता विकासका लागि विस्तारै जिल्ला स्तमा पुग्ने छौ । अरु आवश्यकताका आधारमा योजनाहरु वन्दै जाने छन ।
कोरोना महामारीले ब्यवसायीक क्षेत्रमा पारेको प्रभाव न्यूनिकरण गर्न र कोरोना रोगथाममा महासंघले के काम ग¥यो ?
कोरोना महामारीले सबै क्षेत्र प्रभावित भयो यसले मानव जीवनमा पारेको असर सबैलाई थाहै छ । अरु ब्यवसाय जस्तै मदिरा ब्यवसाय अझ वढि प्रभावित भयो । ब्यबसाय संचालनमा राज्यबाट भएको कयौ अवरोधका विच हामीले सबै निकायहरुसंग समन्वय र सहकार्य गरेर ब्यवसाय संचालनका लागि पहल ग¥यौ । राज्यले कोरोना संक्रमन रोगथाम गर्न जारि गरेका निर्देशनको पूर्ण पालना गरेर ब्यवसाय संचालनका लागि सबै ब्यवसायीलाई निर्देशित गरेका छौ । राज्यलाई संकट हुदा हाम्रो ब्यवसायवाट पनि राष्ट्रिय संकट समधान गर्न योगदान गदै आएका छौ गत वर्ष कोरोना रोगथामका लागि माक्स, सेनिटाइज वितरण ग¥यौ र सचेतनाका लागि विभिन्न कार्यक्रम संचालन गरिएको थियो र आगामी दिनमा पनि यस्ता कामहरु गर्ने योजना छ ।
मदिराका कुरा गरिरहदा घरेलु मदिराको नि कुरा आउछ ? यस विषयमा तपाईको केहि भन्नु छ ?
नेपालमा घरेलु मदिरा उत्पादन परम्परा देखि चल्दै आएको कुरा हो । संस्कार र संस्कृतिसंग जोडिएकाले घरेलु मदिरा उत्पादन निरन्तर हुदै आएको छ । यसलाई ब्यबस्र्थित बनाउने काम राज्यको हो । यसलाई पनि कानुनी दायरामा ल्याउनु पर्दछ भनेर महासंघले कुरा उठाउदै आएको छ । घरेलु मदिरा उत्पादन गैरकानुनी नै हो । पहिलो कुरा घरमा उत्पादन भएको मदिराको कुनै मापदण्ड नै छैन अनुमानका आधारमा मात्रा निर्धारण हुन्छ । यसले स्वास्थ्यमा तत्काल पार्ने असर धेरै छन । यसले गर्दा धेरै मानिसहरु एकै पटक मरेको खबर आईरहन्छन । घरेलु मदिरा लाई नियमन नगर्दा खाध्यन्नको दुरुपयोग भई समाजमा खाध्यन्न अभाव हुने लगायतका असरहरु देखिन्छन । मुख्य गरि राज्यलाई कर तिर्नु पर्ने हुन्छ घरेलु मदिरा करको दायर भन्दा बाहिर छ । अर्को कुरा घरमा उत्पादन गर्ने कुर्ने निश्चित मापदण्ड नभएकाले कहिलेकाहि अल्कोहलको मात्रा नमिल्दा ज्यानै जाने सम्मको दुर्घटना हुन सक्छन र दुर्गम तथा विकट क्षेत्रमा खाध्यन्नको दुरुपयोग भई खाद्यन्न अभाव हुने लगायतका कारण यसलाई कानुनी प्रकृयामा ल्याउनु पर्दछ ।
अन्तमा यहाँको केहि भनाई छ ?
नेपाल मदिरा ब्यावसायी महासंघ सबै मदिरा ब्यावसायीको साझा संस्था हो यसले सधै ब्यावसायीहरुको हक, हित र अधिकारका क्षेत्रमा काम गरिरहेको छ । हामी सधै प्रतिवद्ध छौ । अन्तमा कुराकानीका लागि तपाई र तपाईको टिमलाई धेरै धेरै धन्यवाद छ ।

